25.1 C
Kathmandu
Flowers in Chania

नवलपुरमा उद्दार सामाग्री अपुग

- Advertisement -Flowers in Chania

बिपत ब्यबस्थापन समिती नवलपुरको बैठक विभिन्न निर्णयहरु गरेर सम्पन्न गरेको छ । प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलको अध्यक्षतामा सम्पन्न बैठकले गत असोज ११ र १२ गते आएको बाढिपहिरोले पुर्याएको क्षति र बिस्थापित परिवारलाई राहत उपलब्ध गराउन सम्बन्धित निकाएलाई अनुरोध गर्ने । जिल्लामा रहेका खोलानालामा नदिजन्य पदार्थ निकासिको लागि सम्बन्धित निकाएलाई अनुरोध गर्ने । चाडबाड नजिकिदै गर्दा सडकमा भएका खाल्डाखुल्डीलाई तत्काल मर्मत गरि यातायातलाई सहज गराउने । बिपतको समयमा आबस्यक पर्ने उद्दार सामाग्रीलाई तयारी अबस्थामा राख्ने र जिल्लामा अपुग सामाग्री माग गर्ने निर्णय भएको छ । खोला , नदि छेउछाउ रहेका बासिन्दाले सुचना दिदा समेत अटेर गरि बस्ने गरेकाले अहिलेको अबस्था आएको समेत सरोकारवालाले निस्कर्ष निकालेका छन । नवलपुरमा सिमित श्रोतसाधनका बापजुतपनी कुनै मानबिय क्षति नपुगेको सुरक्षानिकाएले जनाएको छ । बैठकमा बुटवल नारायणगढ सडक योजना प्रमुख अनुक्षा घिमिरेले राजमार्ग भएको अवरोधलाई तत्काल पहल गरेर यातायात सुचारु गराउने र लामो समय सडक बन्द हुन नदिने जनाएका छन । बाढिपहिरो क्षेत्रमा हुने स्वास्थ्य समस्यालाई ध्यान दिन समेत स्वास्थ्य कार्यालयलाई बैठकले अनुरोध गरेको छ । बैठकमा गैंडाकोट नगरप्रमुख मदनभक्त अधिकारी , मध्यबिन्दु नगरप्रमुख भिमलाल अधिकारी , बिनयी त्रिबेणि पालिका अध्यक्ष घनश्याम गिरि , जिल्ला समन्वय उपप्रमुख सकुन्तला लम्साल , सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल , सुरक्षा निकायका प्रमुख , विभिन्न राजनितीदलका प्रतिनिधि कार्यालय प्रमुखहरु र पत्रकारको उपस्थिति रहेको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्