25.1 C
Kathmandu
Flowers in Chania

दाउन्नेमा सडक भासियो

- Advertisement -Flowers in Chania


पूर्व-पश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको दाउन्नेमा सडक अवरुद्ध भएको छ । बर्दघाट नगरपालिका-४, खुसार्नी खोलामा वर्षाको कारण हाइटेन्सन लाइनको पोल ढलेको र सडक किनारको केही भाग भासिन गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए ।

सडक भासिएको र पोल ढलेको कारण यातायात पूर्णरुपमा अवरुद्ध भएको छ ।जसले गर्दा सयौँ सवारी दाउन्नेवारि र पारि अलपत्र परेका छन् । सडक डिभिजन कार्यालय र विधुत कार्यालय नवलपरासीसँग समन्वय गरेर अवरोध हटाउने काम भइरहेको छ । एकतर्फ भीर र अर्कोतर्फ पहाड भएकाले तत्कालै डाईभर्सन बनाउन समस्या रहेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्