लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाब बढेपछि गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ ।ब्यारेजमा पानीको बहावउच्च भएपछि नेपाल र भारत तर्फको सबै ढोका खोलिएको छ । नदीको सतह खतरा नजिक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको पुर्बी नवलपरासीका सहाएक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताउनुभयो ।
ब्यारेजमा अहिले ३ लाख ६५ हजार क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको छ । नारायणी नदीको नारायणगढ पुलमा पानीको सतहले चेतावनीको तह पार गरेको छ । ११ मिटर पुगेपछि चेतावनीको तह मानिन्छ ।
नारायणी नदीमा बाढीको कारण क्षतीपुग्न सक्ने भन्दै पुर्वी र पश्चिम नवलपरासीमा सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको छ ।