पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदिको बाढी पस्दा थारु गाउँ जलमग्न भएको छ । सुस्ता पारीको बस्तीमा बाढी पस्दा १५ वटा घरमा पानी पसेको हो । बाढी पस्ने जोखिम बढेपछी स्थानीय बिधालय र आश्रयस्थलमा बसिरहेका छ्न । नारायणी नदिमा पानीको सतह बढिरहेको स्थानीय लाई सावधनी अपनाउन र केही अफ्ठ्यारो परेमा प्रहरीलाई खबर गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपि रेशम बोहराले बताए ।
जिल्लामा नारायणी नदि र खहरे खोलामा पानीको बहाब उच्च रहेको र तटीय क्षेत्रमा बाढिको जोखिम रहेकाले सजक रहन प्रशासनले आग्रह गरेको छ ।