पश्चिम नवलपरासीको बर्दघाट नगरापलीकाले सुत्केरी बिदा बस्ने महिला शिक्षिकाको बिदा अवधीभरका लागि ज्यालादारी शिक्षकको व्यवस्था गरेको छ । विद्यालयका महिला कर्मचारी र शिक्षिकाले ९८ दिन सुत्केरी बिदा पाउने व्यवस्था छ । बिदा बसको अवधीमा पठनपाठन प्रभावित हुने हुनाले बिदा अवधीभरका लागि शिक्षक राख्ने त्यसबापतको पारिश्रमीक नगरापलीकाले प्रदान गर्ने छ ।
शिक्षक नियुक्तिका गर्न नीति तथा कार्यक्रम मार्फत पारिश्रमिकका लागि आर्थिक बर्ष ०८१\८२ को लागि बजेट विनियोजन गरेर कार्यान्वयन गरीएको बर्दघाट नगरापलीकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताए ।
दरवन्धी अनुसार शिक्षक नभएका र विद्यार्थीको अनुपातमा शिक्षक संख्या कम भएको विद्यालयमा एक जना शिक्षक अनुपस्थित हुदा पनि कक्षा नियमित हुन नसक्ने भएकाले यस्तो व्यवस्था गरीएको हो । यसका लागि विद्यालयले ९८ दिनका लागि शिक्षक नियुक्त गर्ने र नगरमा भएका शैक्षिक बेरोजगारलाई केही समयको लागि भएपनि रोजगारी पाउने छन् । बर्दघाट नगरपालिकाले चालू आर्थिक बर्षलाई शैक्षिक सुधार बर्षको रुपमा घोषणा गर्दै विभिन्न कार्यक्रम ल्याएको छ ।