पौरखी सहकारी सस्था कावासोतिले १४औ साधरण सभा सम्पन्न गरेको छ । सस्थाका अध्यक्ष सालिकराम कोईरालाको अध्यक्षतामा सम्पन्न सभामा ४ हजार ५ सय ८१ जना सेयर सदस्यको कुल सम्पती रकम ३४ करोड ८३ लाख ९९ हजार २ सय ४८ रहेको जानकारी सभा समक्ष प्रस्तुत गराइएको थियो । सस्थाको कुलचुक्ता पुजि ३ करोड ३२ लाख १४ हजार कुल बचत २६ करोड ६४ लाख ८८ हजार ४९३ र कुल लगानी २१ करोड ८९ लाख ५७ हजार ३५१ रहेको प्रतिबेदन सहित सस्थाले साधरण सभा सम्पन्न गरेको छ । जिल्ला समन्वय प्रमुख बाबुराम बिकको प्रमुख आतिथ्यतामा सम्पन्न साधरण सभामा रास्ट्रिय सहकारी महासंघका होमनाथ जैसी , जिल्ला सहकारी संघका अध्यक्ष तिलक प्रसाद पराजुली , जिल्ला बचत संघका बद्री नाथ नेपाल , युबा तथा साना ब्याबसायी स्वरोजकारका प्रीतम भुजेल , नेपाल पत्रकार महासंघ अध्यक्ष बिरेन्द्र पराजुली , पौरखी सहकारीको सस्थापक अध्यक्ष धनन्जय तिमिल्सिना कृषी सहकारिका खुमकान्त गौडेल , बाबुराम कन्डेल , देबिसरा पुलामी , दुर्गादेबी घिमिरे लगायतले पछिल्लो अबस्थामा ठुला ठुला सहकारीले जनताले बचत गरेको बचत रकम हिनामिना गरेको हुदा सहकारीलाई हेर्ने दृस्ठिकोण नकारात्मक रहेको बताएका थिए । सहकारी कुन उद्देस्यले खोलिएको हो उद्देस्य भन्दा फरक काम नगर्न समेत बक्ताहरुले अनुरोध गरेका थिए । पछिल्लो अबस्थामा केही सहकारिले बदनामी गर्दा अन्य राम्रो काम गरेका सहकारीलाई समेत समस्यामा पारेको सहभागीले बताएका थिए ।