25.1 C
Kathmandu
Flowers in Chania

नवलपुरमा चाडपर्व लक्षित संयुक्त सुरक्षा योजना लागू 

- Advertisement -Flowers in Chania

चाडपर्व लाई मर्यादित र सुरक्षित बनाउन पुर्बी नवलपरासीमा चाडपर्व लक्षित संयुक्त सुरक्षा योजना लागू भएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षा योजना २०८१ पारित गरेको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए । योजनामा घरेलु मदिरा नियन्त्रण , पुर्ब पश्चिम राजमार्ग र सहायक मार्ग क्षेत्रको सुरक्षालाई प्राथमिकतामा राखिएको छ । योजना अनुसार नेपाल प्रहरीको तर्फबाट ३ सय ४५ र सशस्त्र प्रहरीको तर्फबाट १ सय ७८ जनाको जनशक्ति परिचालन हुने छ । 

साथै जिल्लामा  खाध्यान्न र अत्यावश्यक सामाग्रीको किर्तिम अभाब हुन नदिन बजार अनुगमन लाई तिब्र पारिएको छ ।   

छलफलमा सहभागीले बजारमा महङी , बिनादर्ता ब्यवसायी संचालन भएकाले 

भारतिय सिमाना बाट भन्सार छलिका सामान भित्रिएको भन्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन भन्सार छलीका सामान जिल्लामा भित्रन नदिन ब्यवसायीले माग गरेका थिए । जिल्लाको ग्रामीण भेगमा बिना दर्ता ब्यवसाय संचालन गर्ने र स्थानीय तहले प्रभावकारी ढङले बजार अनुगमन नगर्दा उपभोक्ता ठगिनुपरेको जनगुनासो छ । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्