नेपाल जलन फाउन्डेसनको दोस्रो अधिबेशनबाट नवलपुरका बालकृष्ण गैरे अध्यक्षमा निर्बिरोध निर्बाचित भएका छन । प्राध्यापक डा शंकरमान राईको प्रमुख आतिथ्यतामा सम्पन्न पाचौ साधरण सभा तथा दोस्रो रास्ट्रिय अधिबेसनबाट १५ सदस्यीय कार्यसमिती चयन भएको हो । बरिस्ठ उपाध्यक्षमा डा किरण किशोर नकर्मी , उपाध्यक्षमा नरदेबी बरिया , महासचिबमा साधुराम महर्जन , सचिबमा लक्ष्मी प्रसाद नगरकोटी , कोषाध्यक्षमा रिना गौचन लगाएत १५ सदस्यीय कार्यसमिती चयन भएको अध्यक्ष बालकृष्ण गैरेले जानकारी गराएका छन । आगो , तातो झोल पदार्थ , तेजाब , एसिड लगाएतका बस्तुले पोले पनि उपचारका लागि पहुच नपुगेको , आर्थिक अबस्था कम्जोर भएकालाई जलन न्यूनीकरण गराउने उद्देश्यले जलन फाउन्डेसनको स्थापना गरेको अध्यक्ष गैरेले जानकारी गराएका छन । नेपाल अधिराज्यभरी जलन पिडितहरुलाई कानुनी उपचार समेत फाउन्डेसनले गर्ने जनाईएको छ । फाउन्डेसन स्थापना पछि जलनबाट पिडित नागरिकको निसुल्क उपचारका लागि अक्षयकोषको समेत स्थापना गरिएको जनाएका छन ।