शिव माध्यामिक बिधालय कावासोती २ ले बिधालय भवन निर्माणको खर्च सार्बजनिक गरेको छ । नमूना बिधालय गुरुयोजना अनुदान बजेट बाट भएको भौतिक तथा शैक्षिक योजनाको खर्च विवरण सार्बजनिक सुनुवाई गरि सार्बजनिक गरेको हो । नमुना बिधालय भौतिक निर्माण अनुदान र शैक्षिक ब्यबस्थापकिय योजना २०७९/८० अन्तर्गत भौतिक निर्माण तर्फ ५० लाख र शैक्षिक योजना तर्फ ३० लाख गरि ८० लाख रुपिया खर्च सार्बजनिक गरेको हो । शिव नमुना माध्यामिक बिधालयले प्राथमिक भवन अत्यान्त जिण रहेकोले कावासोती नगरपालिकाको सल्लाहमा ३ कोठे भवनलाई ४ कोठामा निर्माण गरि अपुग रकम बिधालयको आन्तरिक श्रोतबाट सम्पन्न गरेको बिधालयका प्रधानाध्यापक अर्जुन पौडेलले जानकारी गराएका हुन । भौतिक तर्फ भवन निर्माणका लागि बिनियोजित रकम अपुग रहेकोले शैक्षिक योजनाको रकम समेत निर्माण कार्यमा खर्च गरेको समितिले जानकारी गराएको थियो । भवन निर्माण समितिका अध्यक्ष सुर्य प्रसाद घिमिरेको अध्यक्षयतामा सम्पन्न सार्बजनिक सुनुवाइ कार्यक्रममा सरोकारवाला तथा अभिभावकहरुको व्यापक उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीले अनुदान बाट पाएको रकम भन्दा बढी खर्च गरि भवन निर्माण गर्दा बिधालयलाई आर्थिक भार पर्न गएको गुनासो गरेका थिए । कार्यक्रममा कावासोती वडा न २ का वडा अध्यक्ष शिव पाण्डे ,कावासोती नगरपालिकाका शिक्षा अधिकृत छत्रराज भन्डारी , श्रोत शिक्षक तिर्थराज कन्डेल , अभिभावक संघका अध्यक्ष दिपेन्द्र बस्याल , नारायर खडका , सुन्दर पराजुली , लगाएत सरोकारवालाको व्यापक उपस्तिथि रहेको थियो । भवन निर्माण र शैक्षिक योजनाका बिनियोजित बजेटले अपुग भएर बिधालयले आन्तरिक श्रोतबाट बढी रकम १ लाख ६१ हजार ९१२ रुपिया खर्च गरि कुल लागत ८१ लाख ६१ हजार९१२ रुपिया खर्च गरेको बिधालयले सार्बजनिक सुनुवाइ मार्फत जानकारी गराएको छ । बिनियोजित बजेटबाट आएको रकम केही रकम शैक्षिक योजनाको शिर्षकबाट समेत भौतिक योजनामा खर्च गरियको र बाकी रकम बिधालयले शैक्षिक योजनामा नै खर्च गरेको सार्बजनिक गरेको छ । कुल बियोजित रकमको ७० लाख २३ हजार ८५२ भौतिक र शैक्षिक तर्फ ११ लाख ३८ हजार ६० रुपिया खर्च गरेको जानकारी गराएको छ । खर्च गर्दा कावसोती नगरपालिका सङ्ग छलफल र सरसल्लाह गरि गरेको समेत कार्यक्रममा जानकारी गराईएको थियो । यस्ता सार्बजनिक कार्यक्रममा सार्बजनिक सुनुवाइ गरि बिल भर्पाईलाई पारदर्सी गराउनु पर्ने हुदा सार्बजनिक सुनुवाइ गरेको बिधालयले जानकारी गराएको थियो ।