25.1 C
Kathmandu
Flowers in Chania

संविधान दिवस तथा मिलन केन्द्रको स्थापना दिवसका कार्यक्रम समापन

- Advertisement -Flowers in Chania

कर्मचारी मिलन केन्द्रले गर्यो संविधान दिवसमा बिबिध कार्यक्रम संविधान दिवस तथा कर्मचारी मिलन केन्द्रको स्थापना दिवसको अबसरमा आयोजना गरिएको विभिन्न कार्यक्रमको समापन गरिएको छ । कर्मचारी मिलन केन्द्र नवलपुरका अध्यक्ष बिरेन्द्र घिमिरेको अध्यक्षयता सम्पन्न कार्यक्रममा कर्मचारी मिलन केन्द्रले आयोजना गरेको पत्रकार र कर्मचारीको फुटसल प्रतियोगिता , स्वास्थ्य शिबिर , रक्तदान कार्यक्रम , र निबन्धलेखन प्रतियोगिता सहभागिता जनाउने तथा बिजयिहरुलाई एक कार्यक्रम बिच पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । कर्मचारी पनि जनता सङै छ भनेर स्वास्थ्य सिबिर सम्पन्न गरिएको थियो । बौदिकालिमा गरिएको स्वास्थ्यसिबिरमा ४१२ जनाले सेवा लिएको कर्मचारी मिलन केन्द्रका संरक्षक प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले जनाएका छन । स्वास्थ जीवन सङ्ग खेलको पनि सम्बन्ध रहने हुदा पत्रकार र कर्मचारी बिच मैत्रीपुर्ण फुटसल प्रतियोगिता राखिएको थियो । फुटसल प्रतियोगितामा कर्मचारीको टिम बिजयी भएको थियो । कक्षा ११/१२ का बिधार्थी बिच निबन्ध लेखन प्रतोयोगिता र अपाङ्ग पुनर्स्थापना केन्द्रमा खाद्यान्न सामाग्री वितरण लगाएतका कामहरु कर्मचारी मिलन केन्द्रले सप्पन्न गरेको थियो । कर्मचारी मिलन केन्द्रले भाद्र १८ गते देखि बिबिध कार्यक्रम गर्दै आएको र संविधान दिवसको अबसरमा समापन गरिएको हो । समापन कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख बाबुराम बिक , विशिष्ट अतिथी जिल्ला अदालतका न्यायधिस कमल प्रसाद ज्ञवाली , न्यायाधीश प्रकाश कोईराला , प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेल , जिल्ला समन्वय उपप्रमुख सकुन्तला पोख्रेल , पत्रकार महासंघ अध्यक्ष बिरेन्द्र पराजुली लगाएतले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख नरहरी रेग्मी , जिल्ला बन कार्यालय बसन्तकेसब अधिकारी , जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सेतमान पुन , लगाएतकाको उपस्तिथि रहेको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्