25.1 C
Kathmandu
Flowers in Chania

मुख्यमन्त्री पाण्डे  द्वारा जैविक मल उद्धघाटन केन्द्रकाे उद्घाटन

- Advertisement -Flowers in Chania


नवलपरासी १ असाेज ।
घनश्याम बगाले । नवलपरासी
गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेले पूर्वी नवलपरासीकाे मध्यविन्दुमा  जैविक मल उत्पादन केन्द्रकाे मंगलबार उद्घाटन गरेकााछन् ।
मध्यविन्दु नगरपालिका र गण्डकी प्रदेश सरकारकाे साझेदारीमा मुख्यमन्त्री नव प्रवर्द्धन कार्यक्रम अन्तर्गत स्थापित साे जैविक मल उत्पादन प्लान्टकाे स्वीच थिचेर मुख्यमन्त्री पाण्डेले सरसफाइ केन्द्र संचालनकाे शुभारम्भ गरेका हुन् ।
साे अवसरमा मुख्य मन्त्री पाण्डेले विभिन्न नव प्रबर्द्धनात्मम काम सहित अघि बढेकाे मध्यविन्दु नगर कार्यपालिकालाई धन्यबाद दिदै सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन कार्यक्रमसंग जाेडिदै यसमा नगरबासीकाे पूर्ण सहभागितका लागि आह्वान समेत गरेकााछन् ।
छाेटाे उद्घाटन कार्यक्रममा बाेल्दै मुख्यमन्त्री पाण्डेले जैविक विविधता युक्त वातावरणलाई हामीले सफा राख्न नसक्दा जलवायु परिवर्तनका असरले मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्दै गएकाे बताए ।
मध्यविन्दु नगरपालिकाले नगरका अधिकांश  वडाहरूलाई समेट्दै गाउँ,सहर बजार तथा बाटाघाटा, पार्क,खाेला नदीमा छरपस्ट रहेका फाेहर संकलन गरि त्यसकाे बर्गिकरण सहित करिव २ वर्ष देखि सरसफाइ प्रबर्द्धन तथा जैविक मल उत्पादनकाे प्रयास थालेकाे हाे ।
बिशेश गरि घर आगनबाट निस्केका पातपिङ्गर, कुहिने बस्तु जन्य फाेहरलाई गाई बस्तुका मलमुत्रसंगै मिसाएर निश्चित दिन सम्म छाेपर कुहाएकाे पदार्थलाई विभिन्न प्लान्टमा राखेर प्रसाेधन गर्दै तयारी अवस्थाकाे सुख्खा जैविक मल केन्द्रबाट उत्पादन हुने गरेकाे छ ।
त्यसै गरि नकुहिने फाेहर माेटाे कागज ,प्लास्टिक, फलाम, क्यान बाेतललाई पुनर्प्रयाेगमा आउने कच्चा पदार्थकाे रूपमा अलग्याएर राख्ने कार्यकाे व्यवस्थापन नगरपालिकाकाे ११ नम्वर वडा स्थित सरसफाई केन्द्रले गरि आएकाे छ । 
यसै सम्बन्धमा नगरपालिका अध्यक्ष भिमलाल अधिकारीले सरसफाइ प्रवर्द्धन केन्द्र, बिद्यालय जाने बालबालिकामा नैतिक मूल्य मान्यता युक्त व्यवहार परिवर्तनका लागि खुसी पाठ्यक्रम र हालै कृषि क्षेत्रकाे बिकासमा मुख्यमन्त्री नव प्रबर्द्धन साझेदारी कार्यक्रम मध्यविन्दुलाई पर्नु नगरबासीका लागि खुसीकाे कुरा भएकाे बताए ।
नगर अध्यक्ष अधिकारले जैविक मल उत्पादन तथा सरसफाइ केन्द्रमा हाल सम्म करिव ४ कराेड ५० लाख रूपैयाँ खर्च भएकाे र यसलाई यसकाे उदेश्य अनुरूप बिकास गर्दै लैजान नगरपालिकाले यस वर्ष थप २ कराेड रकम बिनियाेजन गरेकाे उद्घाटन कार्यक्रममा  जानकारी दिएका थिए ।
प्रदेश राजधाजी पाेखराबाट तराईकाे जिल्ला झरेका मुख्यमन्त्री पाण्डेले दिनभर मध्यविन्दुकै विभिन्न वडा र नगरमा आयाेजित कार्यक्रममा सहभागी रहने प्रेस सल्लाहकार नरहरी सापकाेटाले बताए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्