नवलपरासी ३१ भदाै ।
घनश्याम बगाले । नवलपरासी
एउटा किसानकाे जिद्दी स्वभाव, उ स्वयंलाई समेत कति हानिकारक छ भन्ने कुरा साेमबार हुप्सेकाेटमा मञ्चित एक नाटकमा देखाईयाे ।
गाउँका अधिकांश काक्राे तथा तरकारी खेती गर्ने किसान रहेकाे वडा नम्बर १ जुगेपानीमा तिनै किसान,जनप्रतिनिधि र सराेकार समूहलाई कृषि प्राबिधिक तथा पालिका कृषि शाखाका कर्मचारीले कृषिजन्य खेतिबालीमा बिषादी न्यूनिकरण बारे नाटकीय ढंगले ज्ञान बाँडेका थिए ।
नाटकमा परम्परागत रूपमा खेतिपाती गर्दै आएका किसानले कृषि प्राबिधिक,एग्राेभेट संचालक तथा घर परिवारकै सदस्यले दिएकाे बिषादीकाे प्रयाेग, मात्रा, सुरक्षात्मक विधि जस्ता सुझाव नसुनेर खेतीबालीमा जथाभावी ओैषधि हाल्दा बिरामी परेकाे देखाईएकाे थियाे ।
किसानले बिषादी प्रयाेगका बारेमा निर्दिष्ट सावधानी न अपनाउदा, यसकाे असरले कालान्तरमा आँखा पाेल्ने, शरीर गल्ने, निद्रा नलाग्ने जस्ता लक्षण सहित घातक तथा दीर्घ राेगकाे सिकार बनाउने बिज्ञहरू बताउछन् ।
नाटकमा खेतीबालीमा लाग्ने किरा मार्न हाम्रा गाउँ घर र वन जंगलमा पाईने निम,असुराे,तितेपाती लगायतका वनस्पति,गाैमुत्र आदिबाट तयार हुने झाेल मल प्रयाेग गर्दा किसानकाे स्वास्थ्य तथा बाली सहित उत्पादित बस्तु पनि सुरक्षित हुने बताईएकाे थियाे ।
कृषि ज्ञान केन्द्र नवलपरासी पूर्वका कृषि अर्थ बिज्ञ संजय ढकालका अनुसार झाेल मलकाे उचित मात्रामा हुने प्रयाेगले बाली बिरूवामा लाग्ने किरा नियन्त्रण हुनका साथै आवश्यक मल समेेत परिपूर्ति हुने गर्दछ ।
जुन झाेलमलकाे प्रयाेगले किसानकाे स्वास्थ्यमा पनि प्रतिकुल प्रभाव पार्दैन भने उत्पादित बस्तु पनि बिषादी रहित फल्दछ ।
पूर्वी नवलपरासीकाे हुप्सेकाेट गाउँ पालिकाकाे मैदानी तथा पहाडी भागका अधिकांश वडाहरू कृषि तथा पशुपालनका लागि जिल्लामै प्रसिद्ध रहि आएकाे छ ।
यहाँकाे गिरूबारी क्षेत्र तरकारी तथा आलु खेतीमा कहलिएकाे छ भने जुगेपानीकाे सिङ्गै वडा काक्राे तथा तरकारी उत्पादनमा अब्बल मानिन्छ ।
हुप्सेकाेट गाउँ पालिका कृषि शाखाका एक प्राबिधिकका अनुसार जुगेपानी क्षेत्रकाे करिव २ सय हेक्टर जमिनमा व्यवसायिक काक्राे तथा तरकारी खेती हुँदै आएकाे छ ।
यसै सम्बन्धमा यहाँको कृषि जन्य उत्पादन र किसानकाे कृषिकर्म प्रतिकाे लगावलाई हेरेर निर्वाहमुखी किसानलाई उत्पादनसंग जाेडेर व्यवसायिक बनाउदै लैजाने नीति पालिकाले लिएकाे अध्यक्ष लक्ष्मी देबी पाण्डले बताईन ।
पाण्डेका अनुसार हुप्सेकाेट गाउँ पालिकाले कृषिमा आवश्यक स्राेत साधन जुटाउदै यहाँका व्यवसायिक किसानलाई स्थापित किसान बनाई, उनीह द्वारा उत्पादित तरकारी तथा काक्रो लगायतका फलफूल साेझै खान सकिने पूर्ण अर्गानिक बनाउदै लगिने छ ।
सचेतना कार्यक्रममा कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुल प्रसाद तिवारीले खेत बारीमा बिषादी तथा मलकाे प्रयाेगका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
जुगेपानीका काक्राे तथा तरकारी खेती गर्दै आएका किसान माँझ नाटक तथा कृषि प्राबिधिकहरूले दिएका खेतिबालीमा बिषादीकाे विश्वब्यापी प्रयाेग र सावधानी सम्बन्धि सुझावले बिषादीबारे थप सचेत बनाएकाे एक किसानले बताए ।