उपरास्ट्रपति राम सहाय प्रसाद यादवले धार्मिक सहिष्णुता र सद्भावनै नेपालीको परिचय भएको बताएका छ्न । पश्चिम नवलपरासीको परासीमा आयोजित ओलमा काउन्सिलले आयोजना गरेको धार्मिक सम्मेलनलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् । बिश्वमा नेपाललाई धार्मिक सद्भावको नमुनाकोरुपमा चिनिएको बताउदै सबै आस्था र धर्मको सकारात्मक पक्षलाई एकअर्काले आत्मसाथ गरेर अगाढी बढनुपर्ने बताए ।
सत्यको पालन गर्नु र ईमानदारीका साथ जीवन निर्वाह गर्नु, समाजिक सेवा जस्ता सिद्धान्त विभिन्न धर्ममा फरक–फरक रुपमा पाए पनि सबैको मूल उद्देश्य र मर्म मानवता, सहिष्णुता र समानता रहेको उल्लेख गरे ।
१४९९ औ मोहम्मद जयन्तीको अवसर पारेर हिन्दु, ईस्लाम, बौद्ध, क्रिस्टियन लगायतका धर्मगुरु सहभागी सम्मेलनम देशभरबाट प्रतिनिधि सहभागी भएको आयोजक ओलमा काउन्सिल नेपालका अध्यक्ष
सैयद गुलाम हुसैन मियाले बताए । सम्मेलनमा सहभागी धार्मिक गुरुहरुले एक धर्मले अर्को धर्मलाई सम्मान र भाइचाराको रुपमा अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।