नेपाली काङ्ग्रेसको सहकारी बिभागले सहकारी सस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन बिशेश समितीलाई लिखित सुझाब बुझाएको छ । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् सहकारी बिभागका प्रमुख देबेन्द्रराज कंडेलले पाटीका तर्फबाट संसदीय छानविन समितिका संयोजक सुर्य थापालाई सुझाब पेस गरेको हो ।
काङ्ग्रेसको सहकारी बिभागले सात ओटै प्रदेशमा पुगेर संकलन गरेको सुझाब र समस्या समाधानका लागि आवश्यक सुझाब बुझाइएको सहकारी बिभाग प्रमुख कंडेलले बताए । सहकारीका बचतकर्ता अधिकास गरिब , बिपन्न परिवारका मानिसहरुले बचत गरेको रकम भएकाले दोषीलाई सत्य तथ्य कारर्बाही गर्न सरकार गम्भीर हुनुपर्ने माग गरिएको छ । साथै संसदीय समितीलाई आवश्यक सहयोग गर्न नेपाली काङ्ग्रेस तयार रहेको सुझाब बुझाइएको छ ।