नजिकिदै गरेको चाडबाडलाई मध्यनजर राखेर जिल्ला प्रसासन कार्यालयमा सरोकारवाला बिच छलफल सम्पन्न भएको छ प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलको अध्यक्षयतामा सम्पन्न कार्यक्रममा नजिकिदै गरेको दसै ,तिहार लगाएतका चाडबाडमा खाद्यान्न समान लगाएतको सामाग्रीको कृतिम अभाब हुन नदिन अनुगमन तिब्र पारिने बताईएको छ । सिमा क्षेत्र बाट हुने चोरिनिकासी रोक्न चेकजाचलाई कडाई गर्ने जनाईएको छ । बजारमा अत्यधिक चोरिको घटना बढेको अखाद्य बस्तुहरु बिक्री वितरण भएको गुनासो आएकोले अनुगमन र गस्तिलाई समेत बढाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन । स्थानियतह , जिल्ला प्रसासन , घरेलु तथा पर्यटन कार्यालय र उधोग वाणिज्य संघ लगाएत कार्यालयले अनुगमनलाई निरन्तरता दिनुपर्नेमा सहायक प्रमुख जिल्ला अधिकारी मुक्तीराम रिजालले बताएका छन । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै छिमेकी देसबाट आयत गरिएका सामाग्री निरुत्साहित गरिनुपर्ने उधोग वाणिज्य संघ नवलपुरका महासचिब सागर पोख्रेलले जोडदिएका थिए । छलफलमा विभिन्न पालिकाका प्रतिनिधि , सरकारी कार्यालयका प्रमुख , सुरक्षानिकाए तथा पत्रकारको उपस्तिथि रहेको थियो । बजारमा दर्ता नगरी संचालन गरिएका औसधि पसल किराना पसल लगाएतका पसलहरुमा अनुगमन तिब्र पार्न प्रमुख जिल्ला अधिकारिले निर्देसन समेत दिएका छन । जिल्लामा अत्याधिक बिना दर्तामा पसलहरु संचालनमा आएको गुनासो आएकोले यसको अनुगमन र कारबाही गर्न समेत सरोकारवालालाई प्रमुखजिल्ला अधिकारी पोख्रेलले निर्देसन दिएका छन ।