नवलपरासी २४ भदाै ।
बिपी काेइरालाकाे १११ओैं जन्मजयन्तीका अवसरमा आईतबार नवलपुर जिल्लाभर ब बिचार गाेष्ठीहरू भएकाछन् ।
नेपाली काग्रेस नगर कार्य समितिले आयाेजना गरेकाे बिचार गाेष्ठी नेका जिल्लाका नेताहरूले महामानव बिपीका राजनैतिक तथा साहित्यक जीवन बारे चर्चा गरेका थिए ।
यसै क्रममा कावासाेती स्थित बिपी भवनमा आयाेजित कार्यक्रममा प्रमुख अतिथि नेका जिल्ला सभापति एवं पूर्व मन्त्री महेन्द्रध्वज जिसीले बिपी बहु आयामिक व्यक्तित्वका धनी र मुलुककाे राजनीति र साहित्यकाे एक आन्दोलन नै भएकाे बताउनु भयाे ।
अर्का वक्ता पूर्व सासंद एवं नेका महासमिति सदस्य ओमकला गाैतमले बिपी बिचारलाई आत्मसात गर्दै नेपाली काग्रेसले समय सापेक्ष मुलुक र जनताका पक्षमा आफ्ना राजनीतिक गतिविधि अघि बढाउनुपर्ने धारणा राख्नु भयाे ।
त्यसै गरि ने जिल्ला उप सभापति बालकृष्ण घिमिरेले साे वर्तमान सन्दर्भमा बिपी बिचार बिषयक गाेष्ठीमा बाेल्दै बिपीले आफ्नाे जीवनकालमा राजनैतिक उचाई मात्र हासिल नगरी सिङ्गो देशलाई संसारले चिन्ने राष्ट्रिय उचाई दिनु भएकाे बिचार प्रस्तुत गर्नु भयाे ।
अर्का बक्ता काग्रेस जिल्ला सचिव महेन्द्र पाेख्रेलले राष्ट्रियता र अखण्ड नेपालकाे पक्षमा बिपी काेइराला सदैव विश्व जगतमा निर्भीकताका साथ उभिएकाे बताउनु भयाे ।
कार्यक्रममा नेका जिल्ला नेता एवं महासमिति सदस्य झपेन्द्रेश्वर भुसालले बिपीका समसामयिक राजनैतिक जीवनका बारेमा सबिस्तार चर्चा गर्नु भएकाे थियाे ।
नेका नगर सभापति शालिकराम ढकालकाे अध्यक्षतामा भएकाे साे कार्यक्रम नगर उपसभापति डिबी चाैधरीकाे स्वागत मन्तव्य तथा सचिव झपेन्द्र काफ्लेकाे संचालनमा सम्पन्न भएकाे थियाे ।
त्यसै गरि १११ ओैं बिपी जयन्ती जिल्लाकाे देवचुली,गैडाकाेट,मध्यविन्दु, विनयी त्रिवेणी,हुप्सेकाेट,बाैदिकाली समेतका पालिकाहरूमा बिचार गाेष्ठी एवं बिबिध कार्यक्रम गरि मनाईएकाे नेपाली काग्रेस नवलपरासी पुर्वले जनाएकाे छ ।
- Advertisement -
- Advertisement -
- Advertisement -