हुलाकी सडक निमार्णको काम ढिलो हुदा स्थानीयले सास्ति पाएको भन्दै पश्चिम नवलपरासीको प्रतापपुर गाउंपालिकाका अध्यक्ष उमेश यादब सहित जिल्लाका राजनितिक दल र सरोकारवालाले धर्ना दिएका छन् । हुलाकी सडक निर्देशनालय अन्र्तगत गोपिगञ्ज देखी बेलाटारी सम्मको ६ दशमलब ५ किलोमिटर हुलाकी सडक ६ वर्ष हुदा पनी सम्पन्न नभएपछि पालिकाले तत्काल कामलाई अगाडी बढाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी पालिका अध्यक्षको नेतृत्वमा जिल्लामा क्रियाशिल राजनितिक दलका प्रतिनिधीले धर्ना दिएका हुन् । यसअघि प्रतापपुर गाउंपालिकाका अध्यक्ष उमेशचन्द्र यादबले संघ सरकारलाई पत्राचार गर्दै १५ दिनभित्र काम अगाडी नबढाएमा धर्ना र आन्दोलनमा उत्रने चेतावनी दिएका थिए । सडक निमार्णकोक्रममा खनिएको खाडलले गर्दा हिउंदमा धुलो र वर्षामा हिलोले दैनिकजसो दुर्घटना हुने गरेको छ । ठेकेदार कम्पनी बज्रगुरु महालक्ष्मी र हुलाकी सडक निर्देशननालयसंग पटक पटक समन्वय गर्दा पनि काम अगाडी नबढेको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले तत्काल पहलकदमी गर्न माग गरीएको छ । २०७९ सालमा निमार्ण सम्पन्न हुनुपर्ने सडक अझै सम्पन्न भएको छैन् । जसको कारण स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । जिल्लाका राजनितिक दलका प्रतिनिनिधले सडक निमार्णको काम तत्काल अगाडी बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी स्क्रिम श्रेष्ठलाई पनि ज्ञापन पत्र बुझाएको प्रतापपुर गाउंपालिकाका अध्यक्ष उमेश यादबले बताए ।
- Advertisement -
- Advertisement -
- Advertisement -