8.1 C
Kathmandu
Flowers in Chania

गिद्ध संरक्षणमा चुनौती

- Advertisement -

समुदायस्तरबाट संरक्षण सुरु गरेपछि पूर्वी नवलपरासी र आसपासको क्षेत्रमा लोपोन्मुख गिद्धको संख्या बढेको छ । कावासोती नगरपालिकाको पिठौलीमा समुदायस्तरबाट गिद्ध संरक्षणको लागि जटायु रेष्टुरेन्ट स्थापना गरेर संरक्षणको काम सुरु गरेपछि गिद्धको संख्या बढेको हो ।

सन् २००६ मा ७१ वटा गिद्ध गणना भएकोमा सन् २०२४ को अहिलेसम्म ५ सय ११ वटा लोपोन्मुख गिद्धको संख्या गणना भएको जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका सहसचिव उत्तम लामिछानेले बताए ।

विश्वबाटै लोप हुन लागेको डंगर प्रजातिको गिद्धको प्रजनन् र हुर्काइमा समुदायस्तरबाट काम सुरु भएपछि गिद्ध संरक्षणमा टेवा पुगेको हो । अहिले यो क्षेत्रमा रहेका गिद्धको पखेटामा स्याटेलाईट ट्याग जडान गरिएको छ । उनीहरूको अवस्था, विचरण आदिको अनुगमनका लागि स्याटेलाईट जडान गरिएको  हो ।

गिद्धको संख्या बढाउन चितवनको कसरामा प्रजनन् केन्द्रको स्थापना गरेर हुर्किएपछि प्राकृतिक स्थानमा छाडिने गरेको छ । पशुको उपचारमा प्रयोग गरिने डाईक्लोफेनेक नामको औषधि बिक्री वितरणमा सरकारले सन् २००६ मा प्रतिबन्ध लगाएपछि गाईबस्तुको सिनो खाँदा गिद्ध मर्न छाडेका छन् । तर, विद्युतीय हाइटेन्सन लाइनमा परेर परेर सन् २०१० देखि अहिलेसम्म १ सय १० वटा गिद्ध मरेको चरा संरक्षणविद् डिबी चौधरीले बताए ।

‘गिद्ध संरक्षणमा समुदायस्तरको लगाव र संरक्षणप्रतिको प्रतिबद्धता प्रशंसा गर्न योग्य छ । यसको परिणाम पनि देखिएको छ,’ उनले भने,‘डाइक्लोफेनेक प्रतिबन्धले गिद्धको संख्या बढ्दै गएको छ । तर, अब विद्युतीय हाइटेन्सन् लाइनको तीब्र बिस्तारले गिद्ध संरक्षणमा नयाँ चुनौति थपिएको छ ।’ 

१६ औं अन्तराष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा कावासोतीमा आयोजित कार्यक्रममा संरक्षणर्काी र सरोकारवालाले प्रकृतिको कुचिकार गिद्धको संरक्षणमा टेवा दिँदै विकास निमार्ण सँगै गिद्धको वासस्थानको बारेमा पनि सचेत हुन आवश्यक रहेकोमा जोड दिएका थिए ।  

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्