पुर्बी नवलपरासीको गैंडाकोटमा यात्रुबहाक बसले पैदल यात्रीलाई ठक्कर दिदा एक बालकको मृत्यु भएको छ भने एक जना महिला घाइते भएकी छन् ।
गैडाकोट नगरपालिका १०, भैसाखोरी स्थित पूर्व पश्चिम राजमार्गमा नारायणगढ बाट कावासोती तर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको यात्रु बहाक बसले ठक्कर दिदा सो दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका दुर्घटनामा गैंडाकोट ११ का पुष्प राज श्रेष्ठको छोरा बर्ष ७ को बिशाल श्रेष्ठको घटनास्थलमा मृत्यु भएको हो । घटनाम मृतक श्रेष्ठको मामा घर तर्फको हजुरआमा
निजको मामा घरको हजुरआमा श्रीमाया मानन्धर घाइते भएकी छन् ।
पेट र टाउकोमा चोट लागेको उनको उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ । दुर्घटनामा सम्लग्न चालक र सवारी प्रहरी नियन्त्रणमा छ ।
- Advertisement -
- Advertisement -
- Advertisement -