नवलपरासी २१ भदौ ।
महिला दिदीबहिनीकाे महान चार्ड हरितालिका तीजका दिन जिल्लाका विभिन्न स्थानमा गायन तथा नृत्यका कार्यक्रमहरू भई रहेकाछन् ।
सदरमुकाम कावासाेती स्थित मध्यबिन्दु रेडियाे तथा रेडियाे नवलपुर एफएम ले छुट्टाछुट्टै कार्यक्रम गरि तीज बिशेश प्रस्तुति दिई रहेकाछन् ।
मध्यविन्दु एफएमले स्थानीय मनकामना आमाहलकाे प्राङ्गणमा आयाेजना गरेकाे तीज गित प्रतियोगिताकाे संबिधान सभा सदस्य एवं सासद महेन्द्रध्वज जिसीले उदघाटन गर्नु भएकाे थियाे ।
साेही अवसरमा सांसद जिसीले महिला अधिकारका बारेमा पाैराणिककाल देखिनै हरितालिका तीज पर्व चलि आएकाे बताउनु भयाे ।
त्यसै गरि सांसद विन्दु पहाडीले नवलपुर एफएमकाे जसले बढी नाच्छ उसले उपहार जित्छ तीजगीत कार्यक्रमकाे उद्घाटन गर्दै तीज लगायतका नेपालका माैलिक चाडपर्वलाई बाह्यप्रभावबाट जाेगाउनु पर्ने बताउनु भयाे ।
यसै गरि जिल्लाकाे गैडाकाेट,भेडाबारी,रजहर,प्रगतिनगर,पिठाैली,काेल्हुवा,मध्यविन्दुलगायतका स्थानमा कतै स्टेज त कतै खुल्ला चाैरमै महिला दिदी बहिनीले हर्षउल्लास सहित नाचगान गरि तीज पर्व मनाएकाछन् ।
- Advertisement -
- Advertisement -
- Advertisement -