नवलपरासी २० भदौ ।
घनश्याम बगाले । नवलपरासी
पूर्वी नवलपरासीकाे कावासाेतीमा बन्न लागेकाे नमूना सदरमुकामकाे अनुगमन तथा सराेकारवाला बीच अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएकाे छ ।
अन्तरक्रियामा प्रमुख अतिथि नेपाली काँग्रेसका बरिस्ठ नेता एवं संघीय सांसद शशांक काेईरालाले सदरमुकाम बनाउदा उत्कृष्ट नमूना सहितकाे बनाईनु पर्ने बताउनु भयाे ।
उहाँले नवलपुरलाई अलग जिल्ला बनाउनु पर्छ भनेर जनताकाे साथमा सडक देखि संबिधानसभा सम्म लागेकाे बताउनु भयाे ।
हामीले अझ पूर्ण याेजनाका साथ सदरमुकाम बनाउने कार्यमा जुटाैं, पर्याप्त बजेटका लागि पहल गर्न जहाँ जहाँ पुग्नु पर्छ आउनु हाेस् म जन सराेकारका काममा सदैव अघि लाग्ने छु काेईरालाले भन्नू भयाे ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला अध्यक्ष,गण्डकी प्रदेश सांसद एवं पूर्वमन्त्री महेन्द्रध्वज जिसीले सदरमुकाम निर्माणमा राजनैतिक दलहरू एक भएर लाग्नु पर्ने र सराेकारवाला पक्ष सहित सम्बद्ध कर्मचारीहरू ईमानदार पूर्वक काममा खटिनु पर्ने बताउनु भयाे ।
अर्का सांसद एवं पूर्वमन्त्री राेशन बहादुर गाहा मगरले सरदरमुकाम निर्माणका बिषयलाई लिएर प्रदेश लगायत सम्बद्ध निकायमा आँफू अनवरत लागि रहेकाे बताउनु भयाे ।
यसै गरि एमाले केन्द्रीय सदस्य एवं पूर्व संघीय सांसद तिलक महतले सदरमुकाम निर्माणका लागि राज्यले बजेट बिनियाेजन गरि सकेपछि यसमा विलम्ब नगरी निर्माणकाे चरणमा जानु पर्ने बताउदै थप स्राेतकाे सुनिश्चितताका लागि सांसद सहित जनप्रतिनिधिहरू अघि लाग्ने बताउनु भयाे ।
महतले चुरे समस्या मात्र नभएर संरक्षण र समाधान पनि भएकाले यहाँकाे बिकासमा यसकाे समन्वयात्मक भुमिका आवश्यक भएकाे बिचार राख्नु भयाे ।
यसै गरि राष्ट्रिय याेजना आयाेगका सह सचिव मनमायाँ पंगेनीले सदरमुकाम निर्माणमा सम्बद्ध सराेकारवाला पक्ष लागेर अर्थ मन्त्रालयमा स्राेतकाे निरन्तरतका लागि घचघच्याई रहन सके निर्माणले गति लिने बताउनु भयाे ।
वहाँले आँफू जिल्लाकाे प्रजिअ रहदा नमूना सदरमुकाम निर्माणका लागि हरक्षण लागि परेकाे र आगामी दिनमा पनि यसकाे बिकास निर्माणमा चनाखाे भई सहयाेग गर्ने धारणा राख्नु भयाे ।
कार्यक्रममा स्थानीय जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष डिवी चाैधरीले सदरमुकाम क्षेत्रकाे जैविक विविधता एवं वातावरणीय पक्षकाे चर्चा गर्दै यहाँ रहेका संकटापन्न गिद्ध पंक्षीकाे प्राकृतिक बासस्थान जाेगाएर बिकास गतिबिधि अघि बढ्नु पर्ने कुरामा जाेडदिनु भयाे ।
यसै गरि कार्यक्रममा नेका उपाध्यक्ष बालकृष्ण घिमिरे,एमाले जिल्ला सचिव भीम कंडेल, राप्रपाका जिल्ला सचिव गुणाखर काफ्ले,जिल्ला समन्वय उप प्रमुख सकुन्तला लम्साल लगायतले सदरमुकाम निर्माणमा भएकाे ढिला सुस्तीले जनतालाई राज्यले दिनु पर्ने सेवा प्रभाहमा समस्या उत्पन्न भएकाे धारणा राखेका थिए । साथै वहाँहरूले सदरमुकाम निर्माणकाे काममा आफूँ लगायत सम्बद्ध पार्टीको साथ सहयाेग रहने धारणा राख्नुभयाे ।
जिसस प्रमुख बाबुराम विश्वकर्माकाे सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सराेकारवाला पक्ष सहरी बिकास तथा भवन निर्माण विभाग आयाेजना कार्यालय भरतपुर,डिभिजन वन कार्यालय नवलपुर तथा राष्ट्रपति चुरे तराई-मधेस संरक्षण बिकास समितिका प्रतिनिधिले आ आफ्ना कार्यालयका तर्फबाट प्रस्तुति राखेका थिए ।
साे अवसरमा भवन बिभाग कार्यालयका प्रतिनिधि द्राेण कटवालले नमूना सरदरमुकाममा वर्षा सकिए लगतै प्रशासकीय भवन सहित अन्य २ एकीकत भवन बनाउन जग खन्ने प्रकृया सुरू हुने बताउनु भयाे ।
वहाँका अनुसार अदालत भवन देखि उत्तर आयाेजनाकाे निर्माणाधिन पश्चिम जाने पहिलाे बाटाेलाई दक्षिण माेहडा पारेर प्रजिअ कार्यालय बनाउने गरि ठेक्का भएकाे छ ।
कार्यक्रम समापन पश्चात् सम्बद्ध सराेकारवाला पक्ष, जनप्रतिनिधि,सचारकर्मी समेतले नमूना सदरमुकाम क्षेत्रकाे स्थलगत अनुगमन समेत गरेका थिए ।
बताईए अनुसार नमूना सदरमुकाम क्षेत्रमा संघ प्रदेश सहितका ४५ अत्यावश्यकीय भवन, फुटवल र क्रिकेटका दुई छुट्टाछुट्टै रंगशाला बन्ने याेजना रहेकाे छ ।
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
