8.1 C
Kathmandu
Flowers in Chania

रेडक्रसको ६२औ स्थापना दिवसको अबसरमा सव वाहन संचालन

- Advertisement -

नेपाल रेडक्रस सोसाईटी ६२औ स्थापना दिवसको अबसरमा रेडक्रस कावासोती शाखाले सव वाहन संचालनमा ल्याएको छ । रेडक्रस उपसाखा कावासोतिले आन्तरिक स्रोतबाट ७ लाख ५० हजारमा खरिद गरि सव वाहन संचालनमा ल्याएको अध्यक्ष बाबुराम कंडेलले जानकारी गराएका छन । नवलपुरमा सववाहनको अभावमा सबलाई घाटसम्म पुर्याउन महङ्गो शुल्क तिर्नु पर्ने बाध्यता हटने अध्यक्ष कन्डेलले पत्रकारहरुलाई जानकारी गराएका छन । सववाहन संचालन कार्याबिधीबाट संचालन हुने समेत सववाहन संचालन घोषणा कार्याक्रममा जानकारी गराईएको थियो । कालोपत्रे बाटोमा प्रती कि मि १ सय ३० कच्ची बाटोमा प्रती कि मि २ सय १५ पहाडी बाटोमा प्रती कि मि ४०० र ५ कि मि सम्म एकमुष्ट १ हजार ५ सय रुपिया लिएर सववाहन संचालन गरिने सस्थाका सचिब हेम प्रसाद न्यौपानेले जानकारी गराएका थिए । सववाहन संचालन घोषण कार्यक्रममा गण्डकी प्रदेससभा सदस्य बिन्दु पौडेल , गण्डकी प्रदेससभा पुर्ब सदस्य ओमकला गौतम , जिल्ला समन्वय प्रमुख बाबुराम बिक लगायत विभिन्न जनप्रतिनिधि र रेडक्रसकर्मिहरुको उपस्थिति रहेको थियो ।।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्