पश्चिम नवलपरासीमा प्रहरीले मंगलबार र बुधबार दुई दिनमा ३३ जना फरार अभियुक्त पक्राउ गरेको छ । मंगलबार १७ जना र बुधबार १६ जना अभियुक्त पक्राउ गरेको हो । अदालत बाट मुद्दाको फैसला भएर कैद भुक्तान गर्न बाकी रहेका अभियुक्त पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी रेशम बोहोराका अनुसार जिल्ला प्रहरी कार्यालाय र मातहतका प्रहरी इकाइले अभियान नै चलाएर फरार अभियुक्त समातेको हो । पक्राउ परेकाहरुलाइ कैद र सजाय भुक्तानीको लागि जिल्ला अदालत नवलपरासीमा पेस गरिएको छ । सवारी ज्यान , जालसाची , कुट्पिट अङ्गभङ्ग , चेक अनादार लागाएतका मुद्दामा फरार अभियुक्त छन । उहिहरु बाट १५ बर्ष १ महिना १९ दिन कैद भुक्तान र ६ लाख ९० हजार जरिवाना असुल भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा प्रहरीले ५ सय ९ जना फरार अभियुक्त पक्राउ गरेको थियो
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
