नवलपरासी १२ भदौ ।
घनश्याम बगाले । नवलपरासी
बुटवल नारायणगढ सडक बिस्तारकाे काम दुबै तर्फ बराबरीमा पुगेर सुस्ताएकाे छ ।
दाउन्ने पूर्व र पश्चिम २ खण्डमा बिभाजन गरि सुरू भएकाे सडक बिस्तार तथा निर्माण प्रक्रिया हाल सम्म ५२ दशमलव ६ प्रतिसतमै सिमित रहेकाे छ ।
बुटवल नारायणगढ फाेरलेन सडक याेजना पश्चिम खण्डका प्रमुख शशांक मिश्रका अनुसार निर्माण कार्य अन्तरगत पश्चिम नवलपरासी क्षेत्रमा करिव ३० किलोमिटर सडकमा पहिलाे चरण पिच भएकाे छ ।
पश्चिम खण्डमा पर्ने ठूला ९ पुल मध्ये ६ ओटाकाे काम पूरा भएकाे बाँकी ३ मा पनि गार्डर राखिसकेकाे र दाउन्ने तर्फ क्रसच्यानलहरू बनाई सकेकाे मिश्रले बताए ।
मिश्रले भने दाउन्ने तर्फकाे १० किलाेमिटर र रूपन्देही खण्डमा आउदाे महिनाकाे पहिलाे साता चाईनिज टाेली फर्किएसंगै बेस तथा सव बेस सहितका कामले सडक निर्माणमा गति लिने छ ।
यसै सम्वन्धमा साेही याेजनाका सूचना अधिकारी शरद श्रेष्ठले लण्डन बृज देखि भुमही सम्म र बडेरा देखि सुनवल पश्चिम सम्मकाे काम भएकाे र रूपन्देही खण्डमा बर्षा लागेसंगै खासै काम नभएकाेले सडक निर्माणकाे हाल सम्मकाे भाैतिक प्रगति ५२.६ मै सिमित रहेकाे बताए ।
बर्दघाट चिसापानी क्षेत्रमा पनि कतै सडक बनाउनै तथा कतै पिच गर्ने काम बाँकीनै रहेकाेले यात्रामा कठिनाइ भएकाे स्थानीयहरू बताउछन् ।
यता पूर्वी खण्ड सडक याेजनाका सूचना अधिकारी शिव खनालले बर्षादका कारण कामकाे गति बढ्न सकेकाे छैन तापनि माैसम खुलेका बेला यस अघि बनेर बसेकाे क्षेत्रमा पिचकाे काम भईरहेकाे बताए ।
इन्जिनियर खनालका अनुसार अहिले गैडाकाेटकाे काँग्रेस चाेक, बिजय चाेक देखि जयश्री नजिक सम्म पिचकाे काम चलि रहेकाे छ ।
खनालले भने अहिले सडकमा छिटपुट काम भई रहेकाे छ, कामकाे प्रगति ५२ दशमलव ६ प्रतिसत नै छ, अगस्टकाे रिपोर्ट आउन बाकी रहेकाे र दशैँ सम्ममा करिव १० किलाे मिटर पिचकाे काम सकिदा प्रगति बढेकाे देखिने छ ।
उनका अनुसार कम्पनीले माैसम खुलेकाे दिन हेरी बाढीले भत्केका ठाउँमा बेस सवबेसकाे कामलाई मिलाउदै अरूणखाेला, दुम्किबास लगायत जङ्गल तर्फकाे सडक खण्डमा पिच गर्ने गरि काम अघि बढाएकाे छ ।
हिउँदमाझै पुल, पर्खाल, च्यानल सेक्सन जताततै काम नहुँदा सडकमा मजदुरकाे उपस्थित नदेखिएको मात्र हाे ।
उनले भने थपिएकाे म्याद भित्र काम सक्ने गरि निर्माण प्रकृयामा लाग्न आयाेजनाका तर्फबाट निर्माण कम्पनीकाे मुख्य निकाय सम्म दबाब बनाईकाे हाे ।
त्यसाे त निर्माण कार्यकाे जिम्मा लिएकाे ठेकेदार कम्पनी चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङ कर्पाेरेसन लिमिटेड, बेईजिङ्गले पटक पटक म्याद थपाएर पनि काममा भने ढिला सुस्ती गरिनै रहेकाे छ ।
यस अघि दाेश्राे पटक २०८१ साउन ८ गते सम्मका लागि थपिएकाे म्याद पनि चाईना कम्पनीले काम नसकि गुजारे पछि आयाेजनाले पछिल्लो पटक पुन: १ वर्ष म्याद थपि दिएकाे छ ।
यसरी सरकारले पटक पटक निर्माण कम्पनीलाई म्याद थपे पनि सडक यात्रु तथा सवारी चालकहरू कम्पनीकाे कार्यशैली र कामकाे गतिले आजित परेकाे बताउछन् ।
निर्माणकै क्रममा वर्षा नलाग्दै चाईनिज कम्पनीले लठपत्र काम छाडेकाे प्रति उनिहरूकाे आक्राेस छ, समयमा काम गर्न नसक्ने भए जताततै सडक किन बिगारेकाे, एक तर्फी काम नसकी सहर बजारका नाउँमा दाेहाेराे पिच गर्न के हतार थियाे ? सडक प्रयाेगकर्ताकाे प्रश्नै प्रश्न रहेकाे छ ।
यस सम्बन्धमा निर्माण व्यवसायी चाईना स्टेटका प्राेजेक्ट म्यानेजर राकेश झा कम्पनीका तर्फबाट आफुहरू केही नबाेल्ने सबै कुरा सडक आयाेजनाले नै बताउने भन्दै पन्छिएका उनले पछिल्लो अढाई महिना देखि फाेन उठाएका छैनन् ।
यस्तै सन २०२२ काे अक्टोबरमा कम्पनीका दक्षिण एसिया निर्देशक एवं नेपाल प्रमुख सुयाङ्गले चाईनाबाट आएका नयां टिमका साथ कम्पनी निर्माणमा जुटेकाे कुरा संघीय सांसद शशांक काेईराला र महेन्द्रध्वज जिसी सहितका जनप्रतिनिधिले निर्माण भएकाे ढिलाई प्रति राखेकाे चासाेका बिषयमा बताएका थिए ।
यस अघिकाे कामकाे ढिलाईका सम्बन्धमा सुयांङ्गले थपिएका रूख बिरुवा हटाउन, बिद्युत पाेल सार्न देखिएकाे समस्या र काेभिड नै प्रमुख कारक रहेकाे भन्दै बचाउ गरेका थिए ।
यद्यपि उनले जनताका प्रतिनिधिहरू सामु राखेका प्रतिबद्धता अनुसार समयमै काम गरी देखाउन अझै सकेका छैनन् ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओेलीले २०७५ सालकाे चैतमा आँफू प्रधानमन्त्री भएकै बखत बुटवल पुगेर यस राष्ट्रिय गाैरव सडक निर्माण कार्यकाे शिलान्यास गरेका थिए ।
ठेक्का सम्झौता अनुसार चाईनिज कम्पनीलाई ४२ महिनामै निर्माण सक्ने गरि आयाेजनाकाे काम जिम्मा लगाईएकाे थियाे ।
पूर्वी खण्ड ६४.४२ र पश्चिम खण्ड ४८.५८ गरि कुल १ सय १३ किलाे मिटर लामाे बुटवल नारायणगढ सडक बिस्तार तथा निर्माणका लागि १६ अर्व ९९ कराेड ५२ लाखमा ठेक्का लागेकाे हाे ।
जस अनुसार निर्माण कम्पनीले जंगल क्षेत्रमा ४ लेन, बजारमा ६ र दाउन्ने खण्डमा ३ लेनकाे सडक बनाई सम्बन्धित बिभागलाई बुझाउनु पर्नेछ ।
- Advertisement -
- Advertisement -
- Advertisement -