राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नवलपुरको २३औ बार्षिक साधरण सभा शनिबार सम्पन्न भएको छ । प्रतिस्ठानका जिल्ला अध्यक्ष बुद्दिनाथ घिमिरेको अध्यक्षयतामा सम्पन्न सभाले अध्यक्ष , सचिब र कोषाध्यक्षको बार्षिक प्रतिबेदन पारित गरेको छ । कार्यक्रमका प्रमुख अतिथी संविधान सभा सदस्य एवम् गण्डकी प्रदेसका सभासद महेन्द्र ध्वज जिसिले कलाकार रास्ट्रका गहना भएकाले राज्यले उचित सम्मान र पेसागत सुदृढीकरणमा ध्यान दिनु पर्ने बताउनुभयो ।
पछिल्लो समयमा नेपाली लोक सस्कृतिलाई बङ्याउन लागेकोमा चिन्ता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेससभा सदस्य बिन्दु पहारी , लोकगित प्रतिस्ठानका केन्द्रिय उपाध्यक्ष दिपक खडका , वडा न ६ का वडा अध्यक्ष याम बहादुर थापा लगाएत बिभिन्न् कलाकारले साधरण सभामा शुभकामना दिएका थिए । कार्यक्रममा लोकदोहोरी तथा प्रतिस्ठानलाई सहयोग पुर्याउने विभिन्न ब्यक्ती तथा संघ सस्थालाई सम्मान गरिएको थियो । नवलपुरको प्रतिस्ठानले आफ्नै सास्कृतिक भवन निर्माण गर्न लागेको भन्दै विभिन्न कलाकारहरुले गित मार्फतनै शुभकामना दिएका थिए । कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि , संघ सस्थाका प्रतिनिधि , पत्रकार तथा रास्ट्रिय स्तरका कलाकारको उपस्थिति रहेको थियो ।