पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ , सुस्तापारीका उधोगीले उधोग दर्ता गर्न र बिधुत मिटर राख्न नपाउदा समस्या परेको भन्दै सहजीकरण गर्न माग गरेका छन । नारायणी नदिमा पुल बनेपछी राष्ट्रिय प्रसारणको लाइन पुगेको सुस्तामा जग्गाको लालपुर्जा नहुदा उखु क्रसिङ गर्ने उधोगले बिजुली जडान गर्न पाएका छैनन् भने उधोग दर्ता पनि गर्न पाएका छैनन । यसअघि जेनेरेटर बाट क्रसर संचालन गर्दै आएका उधोगीले पालिकाको सिफारिसमा बिधुत मिटर जडान र उधोग दर्ता गर्न पाउनु पर्ने माग राखेको सुस्ता बचाउ अभियानका प्रबक्ता एवम उधोगी रबिन्द्र जयसवालले बताए । साथै
सुस्ताका उधोगीको समस्या समाधानका लागि जिल्लाका प्रदेश सभा सदस्यहरु देबकरण कलवार , बैजनाथ जैसवाल , खड्क बस्नेत विश्व प्रेम पाठक , सुस्ता बचाउ अभियानका प्रबक्ता रबिन्द्र जयसवालले लुम्बिनी प्रदेसका उधोग , पर्यटन तथा यातायात मन्त्री प्रचन्ड बिक्रम न्यौपानेलाई ज्ञापन पत्र बुझाएका छन् । सुस्ताका अधिकास स्थानीय सङ जग्गा धनी लालपुर्जा छैन । नारायणी नदिमा पुल नहुदा सुस्तामा उत्पादन हुने उखु गाउँमानै उखु क्रसर राखेर भेली बनाएर बिक्री बितरण गर्दै आएका थिए । सुस्ता पारी मात्र दर्ता बिनाका करिब दुई दर्जन उखु क्रसर मिल छन् । पुर्जा नहुदा उधोग दर्ता र बिजुली बाट बन्चित हुनु पर्ने अवस्था छ ।