नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले पूर्वी नवलपरासीमा शुक्रबार पेट्राेल पम्मकाे शिलान्यास गरेकाे छ ।
जिल्ला सदरमुकाम कावासाेती स्थित फलफूल चाेकमा रहेकाे १ बिगाहा २ कठ्ठा १७ धुर पूर्व पश्चिम राजमार्ग किनारकाे प्रहरीकै जग्गामा स्थापना हुने पेट्राेल पम्पकाे प्रहरी अतिरिक्त महानिरिक्षक टेक प्रसाद राईले शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रमका प्रमुख अतिथि राईले प्रहरीले स्थापना गर्ने पेट्राेल पम्मकाे आम्दानी पारदर्शी ढंगले स्कुल,अस्पताल जस्ता जन हितकारी कार्यमा खर्च हुने बताए ।
प्रहरीकाे पम्प हर समय संचालनमा रहने हुँदा जस्ताे सुकै अवस्थामा पनि जनताले यसबाट सेवा लिन सक्ने भएकाले यसकाे सम्वर्धनमा सबैकाे साथ आवश्यक रहने कुरामा राईले जाेड दिए ।
कूल १० कराेड ९९ लाख ५४ हजार १ सय ६५ रूपैयाँ लागतमा सम्पन्न हुने उक्त पेट्राेल पम्पमा फ्युल स्टेशन, बिद्युुती सवारी चार्जिङ स्टेशन,सवारी मर्मत केन्द्र,पार्किङग लगायतका १६ ओटा अत्यावश्यकीय संरचनाहरू बन्नेछन् ।
यही भदौ २ गते सम्झौता भई आगामी २०८२ साउन महिना भित्र कार्य सम्पन्न गर्ने गरि तेजस्वी जेभी,चाैरी देउराली ५ काभ्रेले उक्त नमूना पेट्राेल पम्प निर्माणकाे जिम्मा लिएकाे छ ।
- Advertisement -
- Advertisement -
- Advertisement -