हुलाकी सडक निमार्णको काम ढिलो हुदा स्थानीयले सास्ति पाएको भन्दै तत्काल काम अगाडी बढाउन सम्बन्धित निकाय र संघिय सरकारलाई पत्राचार गरेको छ । हुलाकी सडक निर्देशनालय अन्र्तगत गोपिगञ्ज देखी बेलाटारी सम्मको ६ दशमलब ५ किलोमिटर हुलाकी सडक ६ वर्ष हुदा पनी सम्पन्न नभएपछि पालिकाले तत्काल कामलाई अगाडी बढाउन र हुलाकी सडक निर्देशनालयले कार्यान्वयन गर्न नसकेमा पालिकालाई कार्यान्वयनको जिम्मा दिन माग गरीएको छ । प्रतापपुर गाउंपालिकाका अध्यक्ष उमेशचन्द्र यादब संघ सरकारलाई पठाईएको पत्रमा पालिकालाई कार्यान्वयनको जिम्मेवारी दिएमा बाकिंकाम ४ महिनामा सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरीएको छ । सडक निमार्णकोक्रममा खनिएको खाडलले गर्दा हिउंदमा धुलो र वर्षामा हिलोले दैनिकजसो दुर्घटना हुने गरेको भन्दै तत्काल काम अगाडी नबढाएमा पालिका अध्यक्षको नेतृत्वमा अनसनमा बस्ने चेतावनी दिईएको छ । ठेकेदार कम्पनी बज्रगुरु महालक्ष्मी र हुलाकी सडक निर्देशननालयसंग पटक पटक समन्वय गर्दा पनि काम अगाडी नबढेको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले तत्काल पहलकदमी गर्न माग गरीएको छ । २०७९ सालमा निमार्ण सम्पन्न हुनुपर्ने सडक अझै सम्पन्न भएको छैन् ।
- Advertisement -
- Advertisement -
- Advertisement -