नबिन पौडेल
बजेट अभावमा पश्चिम नवलपरासीको खजुरा खोलामा निमाणाधिन पुल अलपत्र परेको छ । बर्दघाट नगरपालिकाको बडा नम्बर १६ र ५ जोड्ने खोलामा पुल निमार्णको ठेक्का लागेको ४ वर्षमा पनि प्रयाप्र्त बजेट सुनिश्चितता नहुदा पुल निर्माणको काम अलपत्र परेको हो । ९ करोड ७७ लाखको लागतमा निर्माण हुने भनिएको पुलमा अहिले सम्म १ करोड ७ लाख मात्र बजेट विनियोजन भएको छ । बहुवर्षीय योजनामा परेको यो पुल निमार्णको लागि पर्याप्त बजेट विनियोजन नहुदा वर्षामा जोखीम मोलेर खोला तर्नुपर्ने बाध्यता छ ।
२०७७ साल पुषमा श्रीमृत सन्जिवनी सेवा कम्पनीसंग ठेक्का सम्झौता भएर २०७९ चैत्र बाट काम सुरु भएको थियो । २ वर्ष ६ महिनामा काम सम्पन्न हुनुपर्नेमा अहिले सम्म एउटा पिल्लर मात्र निमार्ण भएको र वजेट नहुदा थप काम हुन नसकेको सडक डिभिजन कार्यालय पुल महाशाखाका ईन्जिनियर सन्तोष भण्डारीले बताए । पुल निमार्णको लागि प्रयाप्र्त बजेट विनियोजनको लागि पटक पटक आग्रह गरेपनि पुल निमार्णले गति लिन सकेको छैन् ।
समयमा नै पुल निमार्ण नहुदा स्थानीय बजार तथा अन्य प्रशासनिक कामका लागि नगरपालिकाको केन्द्र आउन जोखिम मोलेर खोला तर्नुपर्ने वा घुमाउरो सडक पार गरेर आउनुपर्ने बाध्यता छ ।