पुर्बी नवलपरासीको मध्यबिन्दु नगरपालिका ९ , बसन्तपुरमा खोला तर्नेक्रममा मोटरसाइकल बगाएको छ । मोटरसाइकलमा सवार दुई जनाको भने सकुसल उद्दार भएको छ । अठेरी खोला तर्नेक्रममा हुप्सेकोट गाउँपालिका ३ का ४१ बर्षका देब बहादुर फाल र उनको २० बर्षकी छोरी तुलसी फाल मगर सवार ना २८ प ६९५ नम्बरको मोटरसाइकल बाढिले बगाएको हो । गाउँ बाट आफन्तीको बिबाहको लागि बोडी लैजान लागेका मगरको करिब ३५ किलो बोडी पनि बाढिले बगाएको छ ।
बाढिले बगाएको मोटरसाइकल अहिले सम्म भेटिएको छैन । मोटरसाइकल बगाएपनि मानिसलाई भने स्थानीयले तत्कालै उद्दार गरेका थिए ।