8.1 C
Kathmandu
Flowers in Chania

गाउँ पसेर आतंक मच्चाउने बाघ समातियाे

- Advertisement -


नवलपरासी ३ भदौ ।
घनश्याम बगाले । नवलपरासी
जिल्ला दक्षिण पश्चिम बघुवन गाउँ पसेर भैंसी बाख्रा मार्दै आतंक मच्चाउने पाटेबाघ समातिएकाे छ ।
गत साउन ३२ गते दिन दहाडै बघुवन गाउँ आतंकित पार्ने भाले बाघलाई लगातारकाे प्रयास पछि राष्ट्रिय निकुञ्जकाे टाेलीले  साेमबार नियन्त्रणमा लिएकाे हाे ।
डाट गरि नियन्त्रणमा लिईएकाे अन्दाजी ६ / ७ वर्षकाे उक्त बाघ अर्को बाघसंग जुधेर घाईते रहेकाे अवस्थामा फेला परेकाेले उपचार पछि उक्त बाघलाई निकुञ्जमै छाडिने चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएकाे छ ।
बाघले शुक्रबार नवलपरासी पूर्वकाे विनयी त्रिवेणी गाउँ पालिका १ बघुवन गाउँ पसेर लालमती खंगा मगरकाे २ बाख्रा र खेमबहादुर खंगा मगरकाे १ भैसीलाई गाेठमै मारेकाे थियाे ।
बाघ गाउँ पसेर घरपालुवा जन्तु मारे पछि यसलाई नियन्त्रणमा लिन स्थानीयले वन प्रसासन र निकुञ्ज गुहारेका थिए ।
स्थानीय सांसद,जनप्रतिनिधि र गाउँबासीकाे मागसंगै राष्ट्रिय प्रकृति संरक्षण काेष,नेपाली सेना र चितवन राष्ट्रिय  निकुञ्जकाे टाेलीले उक्त बाघलाई स्थानीय मदारबाबा सामुदायिक वनबाट नियन्त्रणमा लिएकाे हाे । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्