18.1 C
Kathmandu
Flowers in Chania

समृद्धि र सुशासनकाे आधार बिज्ञान शिक्षा

- Advertisement -Flowers in Chania


नवलपरासी १ भदौ ।
बिज्ञान शिक्षक समाज नवलपुरका अध्यक्ष माेहन भण्डारीले राज्यकाे समृद्धि र सुशासनकाे आधार भनेकै बिज्ञान शिक्षा रहेकाे बताएका छन् ।
नवलपरासी पूर्वकाे सदरमुकाम कावासाेती स्थित शिव माबिमा शनिबार आयाेजित पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले उक्त कुरा बताएका हुन् ।
भण्डारीले हरेक बिद्यालयका बिज्ञान शिक्षकले एउटा सानाे सृजनशील मष्तिष्कलाई बिज्ञान प्रेमी बनाएर विश्वविद्यालयमा बिद्यार्थी पठाउने वातावरण तयार गर्नु बिज्ञान शिक्षक समाजकाे कर्तव्य भएकाे बताए ।
उनले जिल्लाका ८ वटै स्थानीय तहमा बिज्ञान शिक्षक समाजकाे गठन भएकाे बताउदै आधारभूत तह देखिनै बिज्ञान बिषयलाई  विद्यार्थी माँझ व्यवहारिक बनाई राष्ट्रिय,अन्तर्राष्ट्रिय प्रतिष्पर्धा उनिहरूलाई उतार्नु पर्ने कुरामा भण्डारीले जाेड दिए ।
सम्मेलनमा बिज्ञान शिक्षालाई कतिपय बिद्यालयले निरन्तरता दिन नसक्नुका कारणबारे संचारकर्मीका जिज्ञासमा साईन्स टिचर्स एसाेसियसन नेपाल (स्टान) नवलपुरकाे जवाफ छ बिद्यालयमा आवश्यक  दरवन्दीकाे अभाव,कानुन विपरित कलेजहरूमा प्लस टु संचालन् जस्ता कुराहरू रहेकाछन् ।
यसै वीच स्टान नवलपुरले आउदाे असाेज २ गते राष्ट्रिय विज्ञान दिवसकाे अवसरमा नवलपुर बिज्ञान आवाज नामक स्मारिकाकाे विमाेचन गरिने जनाएकाे छ ।
यसै क्रममा भदाै महिना भर पालिका स्तरमा सार्वजनिक विदाका दिन पारेर बिज्ञान सम्बन्धित आईटम लेखन,पाठ्यक्रम प्रबाेधिकरण,शैक्षिक सामाग्री निर्माण कार्यशाला जस्ता कार्यक्रमहरू गर्ने स्टान नवलपुरका सचिव प्रकाश भण्डारीले बताए ।   

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्