आत्महत्या न्यूनीकरणका लागि पूर्वी नवलपरासीमा सचेतना अभियान
नवलपुर —मानसिक तनाव, अनैतिक सम्बन्ध, घरेलु हिंसा र विलासिताका कारण आत्महत्याका घटना बढिरहेको तथ्य फेला परेको छ
पूर्वी नवलपरासीको कावासोतीमा नेपाल फ्रहरीले आयोजना गरेको आत्महत्या न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा आत्महत्या गर्ने कसुरको अनुसन्धानमा संलग्न प्रहरी र मानसिक रोगको उपचारमा संलग्न चिकित्सकहरुको अध्ययनले यस्तो तथ्य फेला पारेको हो ।
पछिल्लो समय आत्महत्याको कारणमा डिप्रेसन र सामाजिक सञ्जाल प्रयोग र अनैतिक सम्बन्ध कारक रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको हो ।
पूर्वी नवलपरासीमा मात्र पछिल्लो तीन वर्षमा ३ सय ४० जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक नरहरि रेग्मीले बताए । जसमा ११ वर्षका बालकदेखि ९५ वर्षसम्मका वृद्धसमेत रहेका छन् । २०७८र७९ मा १ सय २२ जना, २०७९र८० मा १ सय ८ जना र २०८०र८१ म १ सय १० जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
चालु आर्थिक वर्षको साउन महिनामा मात्रै पूर्वी नवलपरासीमा १८ जनाले आत्महत्या गरेपछि प्रहरीले जिल्ला, पालिका र वडा स्तरमा सचेतना कार्यक्रम संचालन गर्न समिति गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी सल्लाहकार र जिल्ला प्रहरी कार्यालयका प्रमुख संयोजक रहेको समन्वय समितिमार्फत जिल्ला, पालिका र वडा तहमा आत्महत्या न्यूनीकरण र यससम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गरिनेछ