18.1 C
Kathmandu
Flowers in Chania

चार दिनपछि दाउन्ने सढक खण्ड दुईतर्फी संचालनमा

- Advertisement -Flowers in Chania


पुर्ब पश्चिम राजमार्ग अन्तर्गत पुर्बी नवलपरासीको दाउन्नेमा एकतर्फी रहेको सडक चारदिन पछि दुईतर्फीरुपमा संचालनमा आएको छ । साउन २८ गते सडक भासिएको स्थानमा पहाड काटेर सडक चौडा गर्नेक्रममा सोमबार देखि एकतर्फी रहेको सडक विहिबार साझंबाट दुईतर्फी संचालनमा आएको हो । सडक चौडा गर्नका लागि दाउन्ने पहाडको माटो काट्दा यातायात एकतर्फी मात्र संचालनमा आएको थियो । सडक एकतर्फी हुदा घण्टौ सम्म जाममा परेका सवारी अहिले गन्तब्यतर्फ सहज तरीकाले संचालन भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेद बहादुर पौडेलले बताउनुभयो ।बुटवल नारायनगढ सडक बिस्तारकोक्रममा खनीएको खाडल र डाइभर्सनको कारण यो सडकको यात्रा कष्टकर बनेको छ । अघिल्लो वर्ष भासीएको सडक समयमा मर्मत नहुदा साउन २८ गते सोही स्थानमा फेरी सडक भासीदा यातायात संचालनमा कठीनाई हुदै आएको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्