नवलपरासी २८ साउन ।
वाल्मीकि आश्रम त्रिवेणी
महर्षी वाल्मीकिकाे तपाेभूमि वाल्मीकि आश्रम जाने पदमार्गकाे साेमबार समुद्घाटन गरिएको छ ।
२ हजार ९ सय मिटर लामाे
पदमार्गकाे त्रिवेणी गजेन्द्र माेक्ष दिव्यधाम क्षेत्र बिकास सामितिका अध्यक्ष स्वामी कृष्ण प्रपन्नाचार्यले रिवन काटेर समु द्धाटन गर्नु भएकाे थियाे ।
समुद्घाटन पूर्व गण्डकि प्रदेशका सांसदहरू,विभिन्न राजनैतिक दलका नेता,स्थानीय जनप्रतिनिधि तथा श्रदालुहले पवित्र नारायणी नदीबाट जल उठाई वाल्मीकि आश्रममा लगेर चढाएका थिए ।
पदमार्गकाे निर्मनणसंगै श्रद्धालुहरू पूर्वी नवलपरासीकाे त्रिवेणी धामबाट नारायणी नदी माथिकाे झाेलुङ्गे पुल तरेर नेपाल भूमिबाटै वाल्मीकि आश्रम पुग्ने भएकाछन् ।
पदमार्ग बने पछि श्रद्धालुहरूलाई वाल्मीकि आश्रम पुग्न नारायणी नदीमा जाेखिम माेलेर डुङ्गा यात्रा गर्ने या भारतीय बाटाे प्रयाेग गर्ने भन्ने वाध्यता हटेकाे छ ।
वाल्मीकि आश्रम पुग्नका लागि नारायणी नदीमा बनेकाे झाेलुङ्गे पुल निर्माण सकिएकाे २ वर्ष सम्म पनि यहाँ आवागमन सुचारू हुन सकेकाे थिएन ।
वाल्मीकि क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज भित्र रहेकाेले पुलसंगै निकुञ्जकाे सुरक्षा व्यवस्थाका लागि पाेष्ट निर्माण नहुँदा र जंगल क्षेत्रमा सहज बाटाेकाे ट्य्राक नबन्दा पुलकाे प्रयाेग र पदमार्गकाे पहुच राेकिएकाे थियाे ।
सुरक्षा पाेष्ट निर्माणका लागि गण्डकी प्रदेश सरकारले १५ लाख रूपैयाँ विनियोजन गरेकाे त्रिवेणी गजेन्द्र माेक्ष धाम बिकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले बताउनु भयाे ।
धार्मिक पर्यटनको केन्द्र वाल्मीकि आश्रम दर्शन तथा अवलाेकनका लागि नेपाल तथा भारतबाट हजाराै तीर्थालुहरू आउने गर्दछन् ।
जसमा भारतीयहरूकाे संख्या उल्लेख्य रहेकाे छ स्थानीय बासीकाे भनाईमा त्रिवेणीधाम आउने नेपाली श्रद्धालुहरूमा वाल्मीकि आश्रम पुग्ने चाहना हुदा हुँदै पनि बाटाेकाे कठिनाइले फर्कने गर्दथे ।
पवित्र तीर्थ स्थल त्रिवेणीधामकाे नजिक रहेर पनि नेपाली भूमिबाट वाल्मीकि क्षेत्र पुग्न श्रद्धालुहरूका लागि भाैगाेलिक कठिनाइ रहि आएकाे थियाे ।
वाल्मीकि आश्रमका आकर्षण
यहाँ रामायणमा वर्णित महर्षि वाल्मीकिकाे आश्रम,अष्ठासी हजार ऋषिमुनिले यज्ञ गरेकाे हवन कुण्ड, लवकुश जन्मस्थल, शिक्षा ग्रहण स्थल, लवकुशले घाेडा बाधेकाे ठाउँ , सिताजीकाे भान्सा स्थल, अमृत कुवा, सीता पातल प्रवेश स्थल जस्ता ऐतिहासिक धराेहरहरू रहेकाछन् ।
राज्यकाे नजर पुगेनःपुजारी
वाल्मीकि आश्रम सीता पाताल प्रवेश स्थलका पुजारी शेखर सुवेदी भारतीय सिमा नजिक नेपालकाे किल्ला बनेर रहेकाे रामायणमा उल्लेखित महर्षी वाल्मीकि आश्रम हुदाहुदै पनि यसकाे बिकासमा राज्यकाे नजर नपुगेकाे बताउँनुहुन्छ ।
सुवेदीकाे कथनमा वाल्मीकि आश्रम एक प्रसिद्ध महर्षि आश्रम हाे, जुन पाैराणिक काल देखि यहाँ अवस्थित छ ।
सुवेदीकाे कथन छ वाल्मीकि आश्रम यथार्थमा आधारित धर्म स्थल रहेकाे बताउदै याे भूमीमा ऋषिमुनिले आफ्ना अध्ययन र अनुसन्धानबाट ठूला ठूला धर्मग्रन्थ तयार पारेका थिए ।
वाल्मीकि आश्रममा त्रेता युगका मर्यादा पूरष भगवान रामकी पत्नी सिताकाे आश्रय स्थल, लवकुसका बाल सुलभ गतिविधि र सीता पाताल प्रवेश स्थलकाे अवस्थिति सहजै देख्न सकिने स्थानीय धार्मिक अभियन्ताहरू बताउछन् ।
- Advertisement -
- Advertisement -
- Advertisement -