नवलपरासी २६ साउन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) नवलपुरकाे आयाेजनामा आदिवासी जनजातिहरूकाे सवाल,सराेकारवालाकाे भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम शनिबार कावासाेतीमा सम्पन्न भयाे ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका पूर्व उपाध्यक्ष ज्ञान बहादुर बाेटेले आदिवासीका सवाल र मुद्दालाई फाेनिजले मात्र नभई सबै पत्रकारले उठाउदा अधिकार स्थापित गर्न सहज हुने बताए ।
राज्यका हरेक तह र निकायमा आदिवासीका पक्षमा गरिने हरेक सम्वाेधनमा व्यक्ति भन्दा सवाललाई बढी प्राथमिकता दिनु पर्नेमा बाेटेले जाेड दिएकाछन् ।
अन्तरक्रियामा स्थानीय जनप्रतिनिधि, संचारकर्मी तथा जनजाति अभियन्ताहरूले आदिवासी जनजातिका अधिकार, भाषा,कला संस्कृतिकाे संरक्षणका बिषयमा चर्चा गरेका थिए ।
फाेनिज नवलपुरका निवर्तमान अध्यक्ष आशिफ गुरूङ्गकाे स्वागत मन्तव्य, संस्थापक अध्यक्ष केवि राना द्वारा विषय प्रवेश गरि सुरू भएकाे अन्तरक्रिया कार्यक्रम फाेनिज नवलपरासी पूर्वका अध्यक्ष चन्दा गुरूङ्गकाे अध्यक्षता एवं सचिव खेमनारायण महताे संचालनमा सम्पन्न भएकाे थियाे ।
- Advertisement -
- Advertisement -
- Advertisement -