18.1 C
Kathmandu
Flowers in Chania

रामग्रामका सहकारीबारे अनुगमन सुरु

- Advertisement -


पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगरभित्रका सहकारी संस्थाको वर्तमान अवस्थाबारे अनुगमन सुरु गरेको छ । देशका विभिन्न स्थानमा सहकारी संस्थामा देखिएको समस्या र त्यसले निम्त्याएको अवस्थाका बारेमा सजग रहँदै नगरले आफ्नो क्षेत्रमा रहेका सहकारीको अवस्थाबारे अनुगमन सुरु गरेको हो ।
पहिलो चरणमा सहकारी संचालक र व्यवस्थापकसँग आ–आफ्नो सहकारीको वर्तमान अवस्थाको तथ्यांक र अवस्थाका बारेमा जानकारी लिएको रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुँवरले बताए ।निश्चित उद्देश्य लिएर दर्ता भएका सहकारीले उद्देश्यभन्दा बाहिरको काम गरेको भए तत्काल रोक्ने र बचत तथा ऋणको कारोबार गर्ने सहकारीलाई लक्षित गरेर अनुगमन तथा अवस्थाको जाँच सुरु गरिएको हो । सहकारी संस्थामा पछिल्लो समय बचत तथा ऋणको कारोबारमा ऋण रकम उठाउन कठिन भएको, मिति नाघेको ऋण बढ्दै गएको गुनासो आएपछि नगरले अनुगमन र जाँच सुरु गरेको हो ।

नगरमा बचत तथा ऋण सहकारी १४, सूचना तथा संचार सहकारी १, साना किसान कृषि सहकारी १२ र बहुउद्देश्यीय ६ गरी ३३ सहकारी संस्था संचालनमा छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्