पुर्बी नवलपरासीको बिनयी त्रिवेणीमा सवारी दुर्घटनामा परेर एक जना भारतिय नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छ्न । बिनयी त्रिवेणी गाउँपालिक वडा नम्बर ६ मा त्रिवेणीधामबाट भारत तर्फ जाँदै गरेको युपी ५६ ए ९२१२ नम्बरको मोटरसाइकल अनियंत्रित भएर अम्चुर खोलामा खस्दा सो दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक भारत महाराजगञ्ज जिल्ला निचलौलका ४० बर्षका प्रकाश भारती को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा पछाडि सवार २८ बर्षको अशोक राजभार घाइते भएका छन् । घाइतेको पृथ्वीचन्द्र जिल्ला सरकारी अस्पताल परासीमा उपचार भैरहेको छ।