पश्चिम नवलपरासीको सरावलबाट सशस्त्र प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याएको मोबाइल बरामद गरेको छ । जिल्लाको भारतिय सिमाबर्ती क्षेत्रबाट ४० वटा आइफोन र ४८ वटा अन्य ब्रान्डका मोबाइल बरामद गरेको सशस्त्र प्रहरी बल २६ नम्बर गणका सशस्त्र प्रहरी उपरिक्षक प्रकास वाग्लेले बताए । बरामद गरेको मोबाइलको बजार मुल्य करिब ३२ लाख ७० हजार रुपैया रहेको प्रहरीले जनाएको छ ।बरामद भएको मोबाइल महेसपुर भन्सार कार्यालयमा बुझाइएको छ । बरामद भएको सामान कस्को हो भन्ने बिसयमा पत्ता नलागेको र अनुसन्धान भैरहेको छ ।
साउन १ गते देखि साउन १८ गते सम्म भन्सार छली गरेर ल्याएको लत्ताकपडा , कुखुरा र घरायसी सामान गरेर ८५ लाख बराबरको सामान भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।