कावासोती – कृषि ज्ञान केन्द्र नवलपुरले आर्थिक वर्ष २०८१। ०८२ को स्वीकृत बार्षिक कार्यक्रमको सार्वजनिकीकरण गरेको छ । बुधबार एक कार्यक्रमको आयोजनाका साथ गत वर्ष सम्पन्न गरेका र आगामी वर्ष गरिने कार्यक्रमका बारेमा कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुल प्रसाद तिवारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख ऋषभ गुरागाँइ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नवलपुरका प्रमुख सुनिल कुमार सिंहले बजेट सार्वजनिकीकरण गर्नु भएको हो ।
आर्थिक वर्ष २०८१। ०८२ को लागि जम्मा ७ करोड ११ लाख रुपैया बजेट विनियोजित भएको छ । आ व ०८१।०८२ को भन्दा ३३ प्रतिशत अर्थात तीन करोड ५२ लाख कम विनियोजित भएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । आव ०८१। ०८२ को लागि समुदायस्तरमा प्रशोधनयोग्य खायन आलु प्रवर्धन आयोजना १ करोड ८४, चैते धान प्रवर्धन आयोजना १ करोड ११ लाख,ग्रामिण पोषण सुरक्षा कार्यक्रमका लागि २५ लाख, फलफुल विकास आयोजनामा ३४ लाख, मसला तथा निर्यात योग्य बाली १० लाख ,खाद्यान्न बाली प्रवर्धन आयोजनामा ८१ , तरकारी प्रवर्धन आयोजनामा २० लाख, कृषि प्रसार तथा तालिम आयोजनामा २९ रकम विनियोजित गरिएको छ ।
कार्यक्रममा सहभागी कृषकले समयमा मल विउ नपाउनु, अनुदानमा धेरै झन्झटिलो प्रकृया अपनाउनु पर्दा आफुहरुलाइ समस्या भएको बताएका छन् । सिचाइको व्यवस्था नहुदा खेती योग्य जमिन बाझो राख्नु परेको साथै उत्पादित वस्तुको बजारिकरणमा समस्या हुने गरेको बताएका छन् । सो अवसरमा कृषकहरुले कृषि बाली तथा पशुपंक्षीमा देखिने समस्याहरुको बारेमा जिज्ञासा राखेका थिए । मत्स्य व्यवस्थापनका समस्या, क्वारेनटाइन चेक, अवैध रुपमा भित्रिने कृषि उत्पादन र माछाहरुको निगरानी नियमन, भारतिय फूल आयातले स्थानिय स्तरमा उत्पादित फूलको बजारमा पारेको प्रभाव, कृषि अनुदानमा नियमन लगायतका विषयमा समेत कृषकहरुले ध्यानार्कषण गराएका थिए ।
कार्यक्रममा कृषि तथा भूमि व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशका सचिव डा। टंकप्रसाद प्रसाईले कृषकलाई परेको मर्काप्रति आँफु गम्भीर रहेको बताउनुभयो । साथै स्थानीय उत्पादनको बजारीकरण र कृषिवालीमा देखिएका समस्या समाधानका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा रहेका सम्पूर्ण सरोकारवाला संस्था र व्यक्तिहरु जिम्मेवार र गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
स्वीकृत बार्षिक कार्यक्रमको सार्वजनिकीकरण कार्यक्रममा प्रदेश सांसद रोशन गाहा, पदमा जिसी,कृषि तथा भुमि व्यवस्था गणडकी प्रदेश सचिव डा टंक प्रसाद प्रसाइ, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ ऋषव गुरागाइ, प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका प्रमुख सुनिल कुमारसिंह जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बावुराम विश्वकर्मा, उपप्रमुख शकुन्तला लम्साल, डिभिजन वन कार्यालय प्रमुख बसन्त केशव अधिकारी, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, कर्मचारी, कृषि सहकारीका सञ्चालक, कृषक समूहका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो। कार्यक्रमको सहजीकरण कृषि ज्ञान केन्द्रका कृषि विशेषज्ञ सञ्जय ढकालले गर्नुभएको थियो।
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
