एसईई २०८० मा ४ जिपिय ल्यायका नबजागरण माध्यमिक बिद्यालयका प्रतीक ज्ञवालीले आफैले अध्यन गरेको बिधालय रोजेका छन । मध्यबिन्दु नगरपालिका वडा न ६ मा स्थायी घर भएका प्रतिकले यहि बिधालयबाट आफुले ४ जिपिय प्राप्त गरे यसैलाई भरोसा छ त्यही भयर नबजागरणलाई रोजेको उनी बताउछन .। नाम चलेका ठुला र महङ्गो बिधालयबाट आफुलाई अध्यन गर्नको लागि विभिन्न प्रस्ताव दिएपनी आफ्नै बिधालयको बिस्वास रहेको प्रतिकले बताएका छन । २०८० एसईई मा नबजागरण माध्यमिक बिधालयबाट दुई जनाले ४ जिपिय प्राप्त गरेका थिय । प्रतीक ज्ञवाली र सौगात पोख्रेलले नबजागरण मा बि बाट ४ जिपिय प्राप्त गरेको प्रधानाध्यापक हरि प्रसाद देबकोटाले बताए । आफ्नै बिधालयमा कक्षा ११ मा विज्ञान बिषय रोजेर प्रतिकले अन्य बिधार्थिहरुलाई समेत हौसला थपेका छन । प्रधानाध्यापकले भने प्रतिकलाई प्रोत्साहनको लागि बिधालयले एकथान ल्यापटप पनि पुरस्कार प्रदान गरेको छ । प्रतीक जस्तो बिधार्थी आफ्नै बिधालयमा अध्यन गराउन पाउँदा शिक्षकहरुलाई थप उर्जा मिलेको शिक्षक ध्रुब शर्माले बताए ।