8.1 C
Kathmandu
Flowers in Chania

पाल्हिनन्दन गाउँपालिकाले बल्ल ल्यायो बजेट 

- Advertisement -

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले नयाँ आर्थिक बर्ष सुरु भएपछि बल्ल बजेट ल्याएको छ । १७ औं गाउसभा मार्फत पालिकाले आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम र अनुमानित आयब्यको सहितको बजेट ल्याएको हो ।  गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले नीति तथा कार्यक्रम र उपाध्यक्ष फातिमा खातुनले ५२ करोड ९२ लाख ५३ हजारको बजेट प्रस्तुत गरेकी थिइन ।

असार १० गते भित्र नीति तथा कार्यक्रम ल्याइसक्नु पर्ने ब्यवस्था भएपनि पालिकाको आन्तरिक बिवादको कारण बजेट ल्याउन ढिलाइ भएको हो । आगामी आर्थिक बर्षमा शिक्षा र कृषिमा बिशेष कार्यक्रम ल्याइएको छ । बजेट ल्याउन ढिलाइ हुदा पालिकाको राजस्व सन्कलन तथा अन्य कामकाज प्रभाबित भएको थियो । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्