8.1 C
Kathmandu
Flowers in Chania

७ क्विन्टल गाजां सहित २ जना पक्राउ

- Advertisement -


पुर्वी नवलपरासी प्रहरीले ७ क्विन्टल गाजां सहित दुई ब्यक्तीलाई पक्राउ गरेको छ । जिल्लाको देवचुली नगरपालिका २ हमालचोकबाट भारतीय नम्बरको एनएल ०१ ५५४४ नम्बरको कन्टेनरमा फल्स बटम बनाएर राखीएको अवस्थामा गांजा बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रहरी उपरिक्षक नरहरि रेग्मीले २४ वटा बोरामा प्याकीङ्ग गरेर राखीएको ७ सय ६९ किलो गाजां बरामद गरेको बताए । गाजां सहित सोही कन्टेनर चालक राप्ती नगरपालिका २ का २३ वर्षीय मदन लामा र ३२ वर्षका संतोष लामा रहेका छन् । गाजां बोकेर हिडेको कन्टेनरलाई पछ्याउदै मध्यविदु नगरपालीकाको चोरमारा बाट रजहर सम्म पक्राउ परेका ब्यक्तिहरुले कन्टेनर लगेर राखेको प्रहरीले जनाएको छ । गाजां कहाबाट कसरी आयो र यसमा सम्लग्न व्यक्तिहरुको बारेमा प्रहरीले अनुसन्धान गरीरहेको छ । ठुलो मात्रामा लागुऔषध फेला परेपछि यसमा ठुलै गिरोहका सम्लग्नता हुन सक्ने प्रहरीको अनुमान छ । पक्राउ परेका व्यक्तिलाई तीन दिनको म्याद थप गरेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्