गण्डकी प्रदेसका सिचाइ तथा जलस्रोत मन्त्री फणीन्द्र देबकोटाले नारायणी नदि र केरुङ्गेखोलामा बाढीले गराएको क्षतिको निरीक्षण गरेका छन । आइतबार मन्त्री देबकोटाले कावासोती १४ को हेगौली , झोझाड १० को रतौल र १५ को अमलटारी क्षेत्रमा बाढिले कटान गरेको स्थानहरुको अनुगमन र निरीक्षण गरेका हुन । कावासोती नगरपालिकाका विभिन्न वडामा केरुङ्गे खोला ,डन्डा खोला र नारायणी नदिले बर्सेनि सयौ बिघा जग्गा कटान गर्ने गरेको छ । निरीक्षण पश्चात् मन्त्री देबकोटाले प्रभावित स्थानहरुमा तत्काल तटबन्ध गर्नको लागि बजेट बिनियोजन गर्ने बताएका छन । मन्त्री देबकोटा सङ्ग स्थानियले दिर्घकालिन रुपमा खोलामा तटबन्ध आबास्यक रहेकोले त्यसको लागि पहल गरिदिन अनुरोध गरेका थिय ।मन्त्री देबकोटाले आईतबारनै कावासोती १५ मा रहेको डिप बोरिङको समेत उदघाटन गरेका छन करिब ६० बिगाह क्षेत्रफल सिचाइ हुने बोरिङ उदघाटन गरेको समाजसेबी कपिलदेब भुसालले जानकारी गराएका छन ।कार्यक्रममा जलस्रोत कार्यालयका प्रतिनिधि , स्थानीय जनप्रतिनिधी र विभिन्न उपभोक्ता समितिहरुको उपस्थिति रहेको थियो ।