नेपाली कांग्रेस नवलपुरले रक्तदान, वृक्षारोपण, फलफूल वितरण, दीप प्रज्वलन लगायत विभिन्न कार्यक्रम गरि जिल्ला भर विपी स्मृति दिवस मनाएकाे छ ।
नेपाली कांग्रेस नवलपुरले आईतवार विपी काेईरालाकाे ४२ ओैं स्मृृतिमा डण्डा स्थित मध्यविन्दु अस्पतालका बिरामीहरूकाे स्वास्थ्य लाभकाे कामना सहित फलफूल वितरण गरेकाे थियाे ।
काँग्रेस नवलपुरले जिल्ला , क्षेत्र नगर तथा गाउँ पालिका स्तरमा विपी स्मृति दिवश मनायाे भने गैडाकाेट नगर समितिले रक्तदान कार्यक्रम गरेकाे थियाे ।
त्यसै गरि नेका कावासाेती नगर समितिले कावासाेती १० मगरकाेटका वृक्षारोपण कार्यक्रम गरि विपी स्मृति दिवस मनाएकाे सभापति शालिकराम ढकाले बताउनु भयाे ।
साँझ विपी भवन कावासेतीमा रहेकाे विपी काेइरालाकाे शालिकमा नेका जिल्ला उपाध्यक्ष बालकृष्ण घिमिरेले माल्यार्पण गर्दै दीप प्रज्वलन कार्यक्रमकाे शुभारम्भ गर्नु भयाे ।
दीप प्रज्वलन कार्यक्रममा उपाध्यक्ष घिमिरेले महामानव विपी काेईरालाले देशलाई राजनैतिक नेतृत्व मात्र दिनु भएकाे नभई आम नेपालीलाई प्रजाबाट माथि उठाई जनताकाे हैसियतमा उभ्याउन भएकाे बताउनु भयाे ।
भाैतिक रूपमा विपी हाम्रा सामु नभए पनि उहाँले देखाएका बाटा र दृष्टान्तहरू संसारभर अमिट बनेर रहेकाे बिचार घिमिरेले व्यक्त गर्नु भयाे ।
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व सांसद एवं काँग्रेस नेतृ ओमकला गाैतम, नेका जिल्ला सचिव महेन्द्र पाेख्रेल, काेषाध्यक्ष राजकुमार महताे, संगठन विभाग प्रमुख कपिलदेव भुसाल, सदस्य गाेपाल बस्ताकाेटी, महासमिति सदस्य द्वय खगिसरा गुरूङ्ग, विष्णु देबी पाण्डे, महाधिवेशन प्रतिनिधि झपेन्द्रेश्वर भुसालकाे उपस्थिति रहेकाे थियाे ।
त्यसै गरि प्रदेश १ ख, सभापति हेम प्रसाद पाण्डे, नगर सभापति शालिकराम ढकाल, वडा सभापति रूद्रलाल कंडेल लगायत नेका नवलपुर जिल्ला, क्षेत्र तथा नगर पदाधिकारी काग्रेस भातृ तथा शुभेच्छुक संस्थाका नेता एवं कार्यकताहरूकाे दीप प्रज्वलनमा सहभागिता जनाएका थिए ।
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
