8.1 C
Kathmandu
Flowers in Chania

भुइकटहर बिक्रीगर्न भ्याइनभ्याइ देवचुलिका किसानलाई

- Advertisement -



घनश्याम बगाले
देवचुलीकाे काखमा फैलिएर रहेकाे अदन बन्दिपुर गाउँका किसानलाई हिजाे आज भ्याई नभ्याई छ ।
महाभारत र शिवालिक डाँडा बीच दक्षिण फर्केको यहाँका  पाखा पखेरामा भूईकटहर स्याहारि नसक्नु फलेकाे छ ।
किसानहरू यस पटक गत वर्ष भन्दा दाेब्बरै भूइकठहर फलेकाे बताउछन् ।
पूर्व पश्चिम राजमार्गबाट छाेटै दुरीमा रहेर पनि याे ठाउँ केही वर्ष अघि सम्म ओझेलमै रहेकाे थियाे ।
अहिले यहाँका किर्तिपुर, बन्दिपुर र हर्कपुर गाउँ पक्की सडक संजालमा जाेडिएकाछन्  ।
बन्दिपुर र हर्कपुर गाउँ दशकाैं अघि देखि स्वादिला लाेकल जातकाे भूइकटहर खेतीका लागि कहलिएकाे ठाउँ हाे ।
असार महिनाकाे आधा आधि देखिनै यहाँका किसानहरूले डाेकैमा बाेकेर यहाँ उत्पादित भूइकटहर स्थानीय बजारहरूमा बिक्री गर्दै आएका थिए ।
साउन लागे संगै त भूइकठहर बाेटैमा पाक्न थाले पछि किसानलाई बारीबाट निकाल्न र बजार लैजाज भ्याई नभ्याई भएकाे हाे ।
शुक्रबार देवचुली ५ हर्कपुरका किसान साेम बहादुर सारू चितवनकाे एयरपोर्ट छेउ सुस्ताउदै गरेकाे भेटिए । उनी डाेकाभरिकाे भूइकठहर भरतपुर बजारमा छिन भरमै हातैहात बिके पछि अन्य साथीहरूकाे पर्खाईमा केही बेर सुस्ताएकाे बताउदै थिए ।
बिहान बिहानै गाउँँकै बलेराे चढेर १३ डाेका भूइकठहर सहित नारायणगढ बजार आई पुगेकाे उनले बताए ।
सारूका अनुसार आफूँसंगै अन्य ३ ओटा बलेराेमा गाउँका किसान भूइकठहर बेच्नका लागि चितवन छिरेकाे र याे क्रम दिनहुँ जसाे चलि रहेको छ ।
किसानहरूले चितवन मात्र हाेईन  नजिकैकाे दलदले बजार, रजहर, गैडाकाेट, सदरमुकाम कावासाेती, डण्डा लगायत भित्री स्थानीय गाउँ घरमा समेत पुगेर भूइकठहर बेच्दै आएकाछन् ।
स्थानीय जातकाे स्वादिष्ट भूइकठहर ग्राहकले पनि आकार प्रकार हेरेर ५० देखि १ सय रूपैया सम्ममा सहजै किन्ने गरेकाे किसानहरू बताउछन् ।
किसानहरूले सालना प्रति घर न्यूनतम ५० हजार देखि ३ लाख सम्मकाे आम्दानी लिने गरेकाे बताईन्छ । सारूका अनुसार गाउँमा मेहनती किसान तुलबहादुर फालले यस पटक सबै भन्दा बढी भूइकठहर फलाएकाछन् ।
ताेरी, मास, काेदाेका साथै विभिन्न खेती बाली हुने बन्दिपुर क्षेत्रमा भूइकठहर मात्रै किसानले २ छिमल उत्पादन लिदै आएकाछन् ।
किसान साेम बहादुर ठूलाे परिमाणमा भूइकठहर उत्पादन भएर पनि खरिदका लागि खासै कुनै पनि  व्यापारी गाउँ नपुगेकाे बताउँछन् ।
उनका अनुसार बुटवलकाे एक जुस कम्पनीले दैनिक १ हजार ५ सय भूइकठहर माग गर्न आएकाे तर भण्डार गृह अभावमा त्याे सम्भव नभएकाेले किसानहरू दैनिक बजार सम्मै पुगेर आफ्ना उत्पादनहरू बिक्री गर्दै आएकाछन्  । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्