18.1 C
Kathmandu
Flowers in Chania

काेरा साईक्लिङ्गमा चार वर्षीय बालक देखि पन्चानब्बे वर्षीय हजुरबा सम्म 

- Advertisement -


पूर्वी नवलपरासीमा आयाेजित  तेश्राे काेरा कावासाेती २०२४ मा शनिबार ४ वर्षीय बालक देखि ९५ वर्षका बृद्ध सम्मले  सहभागिता जनाएकाछन् ।
बिहान ७ बजे कावासाेती २ नर्मदेश्वर शिवालय मन्दिर परिसरमा धिमेबाजाकाे मंगल धुनबाट प्रारम्भ भएकाे काेरा साईक्लिङ्ग च्यालेन्ज अपरान्ह   स्थानीय मनकामना पार्कमा आएर समापन भएकाे थियाे ।
करिव ५३ किलोमिटरकाे काेरा साईक्लिङ्गमा एकै परिवारका तीन पुस्ता नाति देखि हजुरबुबा सम्मले सहभागिता जनाएका थिए ।
साईकल यात्रामा स्थानीय ४ वर्षका बालक अनिम डिसुवा मगर तथा ९५ वर्षका दमप्रसाद गुरूङ्गले काेरा प्रारम्भ देखि समापन सम्मै उत्साहपूर्ण उपस्थिति देखाएका थिए ।
साईक्लिङ्ग यात्रा काेरामा काठमाडौं,भैरहवा लगायत जिल्ला र स्थानीय स्तरका बालक बृद्ध, वयस्क महिला तथा पुरूष साईकल राईडरहरूले कावासाेती, हुप्सेकाेट र मध्यविन्दु नगरलाई समेटेर बनेकाे निर्धारित रूट पार गरेका थिए ।
देशमै पहिलाे पटक डेढ सय बढीकाे सहभागितामा धार्मिक एवं साँस्कृतिक क्षेत्रकाे संरक्षण र मानव स्वास्थ्यका लागि साईक्लिङ्ग भन्ने उदेश्य सहित काेरा साईक्लिङ्गकाे आयाेजना गरिएकाे कावासाेती साईक्लिङ्ग ग्रुपका अध्यक्ष अजय ज्याेति श्रेष्ठले बताए ।  

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्