18.1 C
Kathmandu
Flowers in Chania

नारायणीमा उन्नाइस  शव भेटिए, चार भारतीय सहित चाैधकाे सनाखत

- Advertisement -


नवलपरासी ३ साउन ।
घनश्याम बगाले । नवलपरासी
सिमलताल घटना पछिकाे छैठौं  दिन बिहीबार सम्ममा नारायणी नदी आसपास १९  जनाकाे शव भेटिएकाे छ ।
भेटिएका मध्ये १४ शवकाे सनाखत भएकाे छ भने ५ शवकाे पहिचान हुन बाँकी रहेकाे जिप्रका चितवनबाट प्राप्त सनाखत विवरणमा उल्लेखछ । 
सनाखत विवरण अनुसार बेतिहा निवासी २८ वर्षका ऋषिपाल शाह ३० वर्षका सजाद अन्सारी तथा सितामणिका ३० वर्षीय जयप्रकाश ठाकुर र २७ वर्षका विवेक कुमार भारतीय नागरिक  रहेकाछन् ।
त्यसै गरि चितवनका २२ वर्षीय बिकास परियार २३ वर्षका सुदीप बिक,राैतहटका १७ वर्षका राहुम मिया,सर्लाहीका १९ वर्षीय रमित कुशर माझीकाे  सनाखत भएकाे हाे ।
यसरी नै बारा जिल्ला साविक बिश्रामपुरका ४३ वर्षीय प्रमानन्द पंडित, राैतहट परूहाका ४० वर्षीय ऋषिकुमार सिंह, राैतहटकै ९ वर्षका अशाेक कुमार यादव मृत भेटिएकाछन् ।
पहिचान भएका अन्य मृतकमा गणपति बसका चालक राैतहटका ४३ वर्षीय किशाेर कुमार चाैधरी, राैतहट बाेधिमाईकि २९ वर्षीय अमृता कुमारी र पर्सा सकुवा निवासी २८ वर्षीया चन्द्र प्रभा कुमारी चाैधरी रहेकिछन् ।
नारायणी नदीमा भेटिएका १९ शव मध्ये  ५ जनाकाे सनाखत हुन बाँकि रहेकाे बताईएकाे छ ।
जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ बेद बहादुर पाैडेलका अनुसार १९ शव मध्ये १४ शव पूर्वी नवलपरासीमा ४ शव चितवन र १ शव नवलपरासी पश्चिम स्थित नारायणी नदीमा भेटिएकाहुन् ।
नारायणी तटीय क्षेत्रमा खाेजि अभियान : प्रजिअ
यसै बीच नारायणी नदिकाे तल्लाे तटीय क्षेत्रमा बेपत्ता यात्रुका शव देखिन थाले पछि स्थानीय अमलटारी क्षेत्रबाट स्थानीय माझीहरू साथलिई  सेना, प्रहरी,  सशस्त्र स्थानीय सहितकाे संयुक्त सुरक्षा टाेलीले खाेजी कार्य अघि बढाएकाे छ ।
टाेलीले नारायणी नदीकाे वरपरकाे वन,भंगालो,घाेल र ताल क्षेत्रमा रवर बाेट, हात्तीकाे सहायताले नेपाली सेनाकाे समन्वयमा बेपत्ता यात्रुकाे खाेजि कार्य  अघि बढेकाे प्रजिअ अरूण पाेख्रलले बताउनु भयाे । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्