18.1 C
Kathmandu
Flowers in Chania

५० कि मि कोरा साईक्लिङ च्यालेन्ज

- Advertisement -Flowers in Chania

कावासोती साईक्लिङ ग्रुपले ५० कि मि को कोरा साईक्लिङ च्यालेन्ज कार्यक्रम २०८१ गर्ने भएको छ । स्थानिय पर्यटकिय स्थल र समाजलाई बाताबरण मैत्री बनाउने उद्देश्यले कोरा साईक्लिङ सुरु गर्ने ग्रुपका अध्यक्ष अजय श्रेष्ठले जानकारी गराएका छन । तेस्रोपटक आयोजना गर्न लागिएको कोरा साईक्लिङ कार्यक्रममा ९४ बर्षका थम प्रसाद गुरुङ सहित १५० जना सहभागी हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । बिगत बर्षमा भन्दा यो बर्षमा सहभागिकोको संख्या उल्लेखिए रहेको जनाईयको छ । स्वास्थ जीवन शैली बाताबरण मैत्री र आफ्नै जिल्लाको पर्या पर्यटनको प्रचार गर्ने उद्देश्य सहित कार्यक्रको आयोजना गरिएको सहभागी गणेश गुरुङले जानकारी गराएका थिय । सनिबार ५ गते कावासोती शिबालय मन्दिरबाट शुरु हुने साईक्लिङ यात्रा कावासोतिको विभिन्न वडा हुँदै हसौरा , हुप्सेकोट मध्यबिन्दु पुगेर कावासोती ८ मा रहेको मनकामना मन्दिरमा समापन गरिने आयोजकले जनायको छ । यो पटकको साईक्लिङ कार्यक्रममा भैरहवा र काठमाडौबाट समेत सहभागी हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्