8.1 C
Kathmandu
Flowers in Chania

बेपत्ता बसमा सवार यात्रुका शव नारायणी नदीमा देखिदै, आईतबार मात्रै नारायणी नदीमा  छ जना पुरूषकाे शव भेटिए

- Advertisement -


नवलपरासी ३० असार ।
घनश्याम बगाले । नवलपरासी
चितवनकाे सिमलताल स्थित पहिराेमा परी बेपत्ता बसका यात्रुका शव नारायणी नदीमा देखिने क्रम बढेकाे छ ।
शनिवार चितवनमा १ र नवलपरासी पूर्वमा भेटिएका २  शव बेपत्ता बसका यात्रुकाे भएकाे पुष्टि भैसकेको छ ।
यसै गरि आईतबार बिहान चितवन र नवलपरासी स्थित नारायणी नदीमा थप दुई शव फेला परेका थिए ।
प्रहरीका अनुसार गैडाकाेट ९ थुम्सी नजिक भेटिएकाे शव भारत बिहार राज्य बेतिया जिल्ला पश्चिम चम्पारण २२ का ४० वर्षीय सजाद अन्सारीकाे रहेकाे छ ।
काठमाडौं स्थित कलंकी क्षेत्रमा ब्यवसाय गर्दै आएका उनी बीरगंजबाट एन्जल्स बस चढेर काठमाडौं तर्फ जाँदै थिए ।
त्यस्तै राप्ती दाेभान गाेलाघाटमा फेला परेकाे शव ३० वर्षका भारतीय  नागरिक जय प्रकाश ठाकुरकाे भएकाे बताईएकाे छ ।
आईतबार दिउसाे चितवनकै भमनपा २६ सिसवार क्षेत्र नजिक नारायणी नदीमा अर्काे १ शव फेला परेकाे बुझिएकाे छ ।
यसै बीच नवलपरासी पूर्वकाे   त्रिवेणी स्थित गण्डक ब्यारेज नजिक २ जना पुरूषकाे शव आइतबार बेलुका फेला परेकाे सूचना अधिकारी प्रनाउ बेद बहादुुर पाैडेलले बताउनु भयाे ।
यस्तै नवलपरासी पश्चिम सुस्ता  ४  नारायणी नदीकाे ठाेकर नं. १५ मा पनि छिर्केमिर्के सट,माेजा र कम्मरमा कालाे रंङकाे कन्दनी भएकाे अर्का एक पुरूषकाे शव भेटिएकाे छ ।
पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ,प्रनाउ रेशम बाेहाेराका अनुसार स्थानीयबासीले पुरूषकाे शव नदी छेउ देखा परेकाे जानकारी दिए पछि  त्यस तर्फ प्रहरी परिचालन गरिएकाे छ ।
यसरी आईतवार भेटिएका ६ शव मध्ये चितवनकाे सिसवार  १ र त्रिवेणी सुस्ताका ३ गरि ४ शव पनि बसका यात्रुनै भएकाे आशंका गरिए पनि सनाखत भई सकेकाे छैन्  ।
अघिल्लो दिन शनिबार भेटिएका ३ शवमा भारत सितामढीका ऋषिपाल शाह, सर्लाही वरहथवाका रमित कुशर माझी र चितवन माडीका बिकाश परियारकाे रहेकाे बताईएकाे छ ।
शुक्रबार बिहान चितवन जिल्लाकाे भरतपुर महानगर पालिका २९ सिमलताल स्थित मुग्लिन नारायणगढ खण्डमा सडक माथिबाट आएकाे लेदाे माटाे सहितकाे पहिराेले बिपरित दिशाबाट आउदै गरेका दुई ओटा बसलाई त्रिसुली नदीमा खसालेकाे थियाे ।
पहिराेले काठमाडौंबाट गाैर जाँदै गरेकाे गणपति ट्राभल्सका ३८ र बीरगञ्जबाट राजधानी  काठमाडौं तर्फ हिडेकाे एन्जल्स बसमा सवार २७ यात्रु बसै सहित त्रिशूलीकाे भेलमा परेका थिए ।
साेही घटनामा परेका ३ यात्रु पाैडि खेलेर नदी बाहिर निस्कन सफल भए पनि दुबै बस सहित अन्य यात्रु हराई रहेकाछन् ।
बेपत्ता यात्रुहरूकाे स्थिति पत्ता लगाउन घटना स्थल वरपर नेपाली सेना, सशस्त्र प्रहरी र जनपद टाेली खटिए पनि बस सहित अन्य यात्रुकाे कुनै अत्तोपत्तो लाग्न सकेकाे छैन् ।
यसै बीच सिमलताल घटनामा बेपत्ता  यात्रुहरूका शव नारायणी नदीकाे तल्लाे तटीय क्षेत्रमा भेटिने क्रम बढी रहदा नवलपरासी र चितवन स्थित दुवै जिल्ला भई बग्ने नारायणी नदी किनार वरपर पनि प्रहरीले खाेजी कार्यलाई अघि बढाएकाे जनाएकाे छ ।
सशस्त्र प्रहरीले नारायणगढ स्थित नारायणी नदी पुलमा दिनकाे समयमा वाईनाकुलर सहित सुरक्षाकर्मी तैनाथ गरेकाे एक प्रत्यक्षदर्शीले बताए ।
नारायणी नदी नवलपरासी पूर्वलाई उत्तर पश्चिम पारेर देवघाट देखि त्रिवेणी ब्यारेज सम्म बहन्छ भने पश्चिम नवलपरासीकाे सुस्ता, नर्सही, सकरदिन्ना हुँदै दक्षिण तर्फ बग्ने गरेकाे छ ।
अविरल वर्षाकै कारण नारायणी नदीकाे जल स्तर बढ्न जादा त्रिवेणी स्थित गण्डक ब्यारेजका ३६ ओटा ढाेका खाेलिएकाे छ । जानकारहरू नदीकाे वहाब घट्दै जाँदा नारायणीले बगाएर ल्याएका कतिपय चिज बस्तुहरू केही भारत तर्फ त केही नेपाली क्षेत्रमा उतार्ने गरेकाे बताउँछन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्